आदमटारमा बढ्यो अवैध मदिरा पसल

1167 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

15050016_1021651871279106_463786145_n

 धादिङ न्यूज समाचारदाता

-आदमटार, धादिङ ।

स्थानीयप्रहरी प्रशासनले गाउंघरमा उत्पादन हुने मदिरा व्यवस्थापन गर्ने  चासो नदिंदा त्यस्को असर घर परिवार देखि समाज सम्म पर्न थालेको छ । मदिरा उत्पादन गरी बिक्री वितरण गरेर घर खर्च धान्ने देखि मोजमस्तिमा सक्ने, विलासिताका सामानहरु खरिद गर्ने जस्ता कार्यहरु हुने गरेका छन ।
दुर दराजका गाउं बस्तिमा मात्रै होइन सडक र आसपासका बस्तिहरु, सदरमुकाम र वजार क्षेत्रमा समेत अबैध ढंगबाट खुलेआम रुपमा मदिरा उत्पादन तथा बिक्री गर्ने कार्यहुने गरेको छ ।
पृथ्वीराजमार्गको नजिकै रहेको धादिङ जिल्लाको कुम्पुर गाविसमा पर्ने आदमटारमा पनि केही समय यता अत्याधिक मात्रामा मदिरा उत्पादन तथा बिक्री वितरण गर्ने कार्यले प्रश्रय पाउन थालेको छ । जसका कारणले समजमा विभिन्न खालको सामाजिक बिकृति हुने गरेको छ ।यहाँका वासिन्दाले विभिन्न समयमा मदिरा उत्पादन तथा बेचविखनका लागि रोक्न पहल गर्दा पनि उनिहरु सफल हुन सकेका छैनन ।
मदिराको कारण बढ्दै गएको समस्या समाधानका लागि गएको बैशाख १७ गते स्थानीइ पीडित पक्षले इलाका प्रहरी कार्यलय गजुरीमा उजुरीनै गरेका थिए । स्थानीयको आग्रह पछि जेष्ठ १४गते नेपाल प्रहरीका केही ब्यक्तिहरु गाउमा आई उत्पादन भएका लोकल मदिरा नस्ट समेत गरेको थियो ।
समुदायका सचेत वर्ग र प्रहरीको सक्रियताले पहिलेको जस्तो गाउँमै रक्सि उत्पादन हुन छाडेपनि त्यस्को ठाउँ अहिले वजारीया रक्सिले लिन थालेको स्थानीय पिडितहरु बताउंछन ।
रक्सिले गर्दा गाउंमा परेको असर रोक्नभन्दै स्थानीयवासी असार २७ गते जिल्ला प्रसासन कार्यलयमा पुगेका थिए । यहि बिषयलाई लिएर सहायक प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीलाई भेट्दा अनुगमन लाई तिव्र पारी गैर कानूनी तबरवाट मदिरा बित्री बितरण गर्नेलाई कानूनी दायरामा ल्याएर छाड्ने वचन दिएको भएपनि पुरा नभएको गाउँवासीको गुनासो छ कुनै वेला जिल्लाकै नमुना बस्ति, शिक्षितहरुको बस्ति,तरकारी उत्पादनका लागि प्रसिद्धि कमाएको, सफा र स्वच्छ वाताबरण भएको गाउं भनेर चिनिएको आदमटारको अहिले परिचयनै फेरिने अवस्थामा पुगेको गाउँवासीको गुनासो छ । गाउँका २० भन्दा बढी पसलले बिना इजाजतपत्र बजारीया मदिराका साथै घरेलु मदिरा बेचविखन गरेर समाजमा आतंकनै मच्चाईरहेको गाउँवासी वताउँछन ।