सालको काठ सहित फर्निचर संचालक रामबहादुर पक्राउ

1239 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ न्यूज समाचारदाता
नीलकण्ठ–धादिङ । चिरानका लागि फर्निचर उद्योगमा राखिएको काठ सहित धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ११ कुवापानीबाट भंगेरीदेवी फर्निचर उद्योगका संचालक रामबहादुर थापा पक्राउ परेका छन । विना इजाजत रुख कटान गरी काठ बेचविखन गरेको आरोपमा पक्राउ परेका थापालाई जिल्ला वन कार्यालय धादिङले ३ लाख जरिवाना र १ बर्ष कैद सजायँको माग दावी गरेको छ ।
15056442_1347882608579740_4868579827772673173_nजिल्ला वन कार्यालय धादिङका सहायक वन अधिकृत क्षेत्र विक्रम खांडको कमाण्डमा खटिएको टोलीले थापालाई कात्तिक २७ गते शनिवार निजले कुवापानीमा सञ्चालन गरिरहेको फर्निचर उद्योगबाट नियन्त्रणमा लिएको हो ।सहायक वन अधिकृत खांडको नेत्तृत्वमा गएको वन कर्मचारीहरुको गस्ति टोलीले खांडलाई कुनै टाँचा निस्सा नलागेको विभिन्न साईजको साल जातको तछुवा थाम चिरान काठ १ सय ८६ थानको १ सय ३७.१७ क्यु फिट काठ फर्निचर उद्योगमा राखेको भन्दै सो काठ सहित पक्राउ गरिएको जिल्ला वन कार्यालय धादिङले जनाएको छ ।
14956022_1347879301913404_9128269341741027501_nपक्राउ परेका थापा लाई वन कार्यालयले बन ऐन २०४९ को दफा घ वमोजिम नियन्त्रणमा लिईएको उक्त काठ गोलियामा परिवर्तन गर्दा १ सय ९२ .४ क्युफिट हुने र प्रति गोलिया आयतनको प्रति रु ८ सयका दरले १ लाख ५३ हजार ६ सय ३२ रुपैयाको विगो कायम भई विगोको दोव्बर हुन आउने ३ लाख ७ हजार २ सय ६४ रुपैया बराबरको विगो र एक बर्ष कैद सजायँको माग गरेको छ ।

घटनाको अनुसन्धान भईरहेको र थप काठ फेला परे सोही अनुसार विगो र जरिवाना थपिने जिल्ला वन अधिकृत इमनाथ पौडेलले वताएका छन । पक्राउ परेका थापाले कुवापानीमा भंगेरीदेवी फर्निचर उद्योग संचालन गर्दै आईरहेका थिए । 15037335_1347877815246886_5064833593262108924_n