यौनका बारेमा शिक्षा दिनका लागि विश्वविद्यालय

1799 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

2012817_328x328पोर्न अर्थात् यौनका बारेमा शिक्षा दिनका लागि भन्दै संसारका सयौं विद्यालय तथा कलेजहरुले यस सम्बन्धि पाठ्यक्रम तयार पारी पठनपाठन गराउँदै आएका छन् । तर इटालीमा भने सम्पूर्ण पढाई नै यौनका बारेमा हुने विश्वविद्यालय नै स्थापना गरिएको छ ।

इटालीका पोर्नस्टार रोको सिपफ्रेदीले स्थापना गरेको युनिभर्सिटी अफ पोर्नमा केवल यौनका बिषयमा मात्रै पठनपाठन हुन्छ र यहाँ पढ्न चाहने विद्यार्थीहरुको आकर्षण पनि निकै बढेको छ ।

खासगरी पोर्न उद्योगमा छिर्न इच्छुक विद्यार्थीहरु यो विश्वविद्यालयमा भर्ना हुनका लागि निकै प्रयत्न गर्छन् ।

विश्वकै पहिलो र एकमात्र यो पोर्न विश्वविद्यालयमा भर्ना हुनका लागि बर्षेनी हजारौं विद्यार्थीको आवेदन पर्ने गरेको छ भने विश्वविद्यालयले भने सिमित विद्यार्थीहरुलाई मात्रै भर्ना लिने गरेको छ ।

कुरा रह्यो, पढाउँदा विद्यार्थीलाई कसरी पढाईन्छ भन्ने । शिक्षकहरुले यहाँ विद्यार्थीहरुलाई एडल्ट दृश्यहरु कसरी दिने भन्ने तालिम दिन्छन् साथै क्यामरा फेस गर्ने तरिकाका बारेमा पनि सिकाइन्छ ।

1872464_328x328सुटिङ्ग भैरहेका बेला क्यामराको अगाडि कसरी सेक्स गर्ने भन्ने कुरा पनि विश्वविद्यालयमा पढाई हुन्छ ।

यो विश्वविद्यालय स्थापना गर्ने रोको आफैं पनि एडल्ट मुभीमा काम गर्छन् । उनले अहिलेसम्म १३ सयभन्दा बढी यस्ता मुभीमा काम गरिसकेका छन् । उनले आफैंले पनि विद्यार्थीलाई पढाउँछन् । यो विश्वविद्यालयमा कुनै बनावटी कुरा पनि सिकाईंदैन ।