अब विजुलीको ‘स्मार्ट मिटर’, घरमै बसेर रिचार्ज गर्न सकिने

672 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं उपत्यकाको विद्युत वितरण र व्यवस्थापनलाई चुस्त बनाउन नेपाल विद्युत प्राधिकरणले स्मार्ट मिटर जडान गर्ने भएको छ ।

स्मार्ट मिटर प्रयोगमा आएपछि विजुली चुहावट रोकिने र बक्यौता नरहने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले  बताए ।

‘मेरो पहिलो उद्देश्य लोडसेडिङ न्यूनीकरण गर्दै अन्त्य गर्नु हो,’ घिसिङले भने, ‘दोस्रो उद्देश्य भने घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजानु हो । यी दुबै उद्देश्य प्राप्त गर्न स्मार्ट मिटरिङ सिस्टम अत्यावश्यक छ ।’

‘पाइलट प्रोजेक्ट’का रुपमा निकट भविष्यमै उपत्यकामा स्मार्ट मिटर जडान गरिने उनको भनाई छ ।

‘पाइलट प्रोजेक्टकारुपमा निकट भविष्यमै काठमाडौं उपत्यकामा स्मार्ट मिटरिङ सिस्टम लागू गर्ने तयारी भइरहेको छ,’ घिसिङले भने, ‘अहिले नै दिन तोकि नहालौं ।’

स्मार्ट मिटरिङ लागू भएपछि टेलिकमका उपभाक्ताले जस्तै विद्युत प्राधिकरणका उपभोक्ताले पनि तिरेको पैसाको मात्रै विद्युत उपयोग गर्न पाउने घिसिङले बताए । सिस्टमको सञ्चारका लागि टेलिकमसँग कुरा गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

अहिले प्राधिकरणका हजारौं कर्मचारीहरु बिजुलीको बिल लिएर ३० लाख ग्राहकको घर-घरमा जान्छन । यो व्यवस्था निकै झन्झटिलो र खर्चिलो छ ।

के हो स्मार्ट मिटर ?

स्मार्ट मिटर भनेको एक प्रकारको विद्युतीय डिभाइस हो । यो डिभाइसमा टु वे कम्यूनिकेशन अर्थात दोहोर सञ्चार प्रणाली जडान गरिएको छ । जुन सञ्चार प्रणालीका कारण प्राधिकरणको केन्दि्रय सिस्टमले पलपलमा त्यस्ता स्मार्ट मिटरको मनिटरिङ गरिरहेको हुन्छ ।

उपभोक्ताले विल तिरेको/नतिरेको पनि छिनभरमै प्राधिकरणको केन्दि्रय प्रणालीलाई थाहा हुन्छ ।

डिभाइसमा जडान गरिएको सिस्टममै उपभोक्ताले रिचार्जकार्डमार्फत रिचार्ज गरेर विजुलीको खपत गर्न सक्ने घिसिङले बताए ।

विकशित मुलुकहरुमा पछिल्ला बर्षमा स्मार्ट मिटरको प्रयोग बढिरहेको छ । यस्तो मिटर जडान गरेपछि उपभोक्ता र बिद्युत बिक्रेता प्राधिकरण दुवैलाई सजिलो हुनेछ । स्मार्ट मिटर डिजिटल डिस्प्लेयुक्त हुने भएकाले उपभोक्ताले खपत भइरहेको बिजुली र त्यसबापत खर्च भइरहेको पैसासमेत सजिलै थाहा पाउन सक्छन् ।

स्मार्ट मिटर जोडेपछि प्राधिकरणका कर्मचार घरघरमा आएर मिटर हेरेर बिल काट्नुपर्ने बाध्यता हट्ने छ । साथै प्राधिकरणले कुन समयमा उपभोक्ताले धेरै बिजुली खपत गर्छन भन्ने सही र रियलटाइम तथ्याङ्क पाउने छ ।

intelligenter_zaehler-_smar-698x1024