७१ प्रतिशत किशोर कुपोषित : सर्वेक्षण

178 पटक पढिएको

प्रकाशित मिति: १४ मंसिर २०७३, मंगलवार ०७:११

सम्पादक: Dhading News

मंसिर १३, २०७३- मुलुकका ७१ प्रतिशत किशोर र ५९ प्रतिशत किशोरी कुपोषित रहेको एक सर्वेक्षणले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको सर्वेक्षणले हिमाल र पहाडभन्दा कुपोषणको जोखिम तराईमा बढी रहेको पनि देखाएको छ । परिषदले हिमाल, पहाड र तराईका १३ जिल्लाका किशोर–किशोरीमा ‘किशोरावस्थाको पोषण सर्वेक्षण, किशोरकिशोरीको पोषण स्थिति’ बारे सर्वेक्षण गरेको थियो ।

‘दुर्गम क्षेत्रमा खानै पाएका छैनन्, सहरी क्षेत्रमा भने सन्तुलित खानपानको अभाव देखिएको छ,’ सर्वेक्षण सार्वजनिक गर्दै परिषदका सदस्य सचिव डा.खेम कार्कीले भने । सर्वेक्षण अनुसार किशोर–किशोरीमा देखिएको यो कुपोषणको स्थिति गाउँ र सहरमा खासै फरक छैन । सर्वेक्षणअनुसार सहरमा ६३ र गाउँमा बसोवास गर्ने ६५ प्रतिशत किशोरावस्थाका जनसंख्यामा कुपोषण छ । विश्व स्वास्थ्य संगठनका अनुसार १० देखि १९ वर्ष उमेर समूह किशोरोवस्थाका हुन् ।

सर्वेक्षणले जातजातिको दाँजोमा मुस्लिम र तराईका जनजातिका किशोरकिशोरीमा बढी कुपोषणको जोखिम देखाएको छ । ३५ प्रतिसत किशोरकिशोरीमा रक्तअल्पता देखिएको छ । करिब २७ प्रतिसत किशोर र ४२ प्रतिसत किशोरीमा रक्तअल्पता छ । रक्त अल्पताको जोखिमसमेत अन्य जातजातिको दाँजोमा मुस्लिममा ४५ प्रतिशत र तराईका जनजातिमा ४० प्रतिशत देखिएको हो इकान्तिपुरमा खबर छ ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

१४ मंसिर २०७३, मंगलवार ०७:११ मा प्रकाशित

समाचार

सबै

धादिङमा १२९ जनाका लागि खुल्यो जागिर (सूचना सहित )

धादिङ ।तपाई बेरोजगार हुनुहुन्छ र कामको खोजीमा लागि रहनु भएको छ भने धादिङको १३ वटै स्थानीय तहका लागि धेरै जना कर्मचारीको माग भएको छ । भुकम्प पिडितहरुको लागि भवन निर्माण कार्यमा आर्थिक तथा प्राविधिक सहयोग.....

राष्ट्रिय झण्डा घर, अफिसदेखि गाडीमा समेत राख्न पाइने

काठमाण्डौं -विश्वमै आफ्नो छुट्टै पहिचान बोकेको नेपालीको शान राष्ट्रिय झण्डा विगतका सरकारी कार्यालय र सरकारी.....

राष्ट्रियसभाबाट राष्ट्रिय परिचयपत्र विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाबाट राष्ट्रिय परिचयपत्र विधेयक राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५ पारित.....

बीआरआई विश्वसँग नेपाललाई जोड्ने महत्वपूर्ण ढोका

काठमाडौं, - नेपालको विकासका लागि विश्वसँग जोडिने सहज मार्ग खोल्नुपर्ने आवश्यकतामाथि विभिन्न विज्ञहरुले जोड.....

विप्लव माओवादीलाई धक्का, जिल्ला सेक्रेटरी पक्राउ

धादिङ, १ असोज – प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेकानेत्र विक्रम चन्द नेत्तृत्वको नेकपाका धादिङ जिल्ला.....

Categories