चार सय किलो चिरुको रौं तस्करी गर्ने ५ जनालाई १० बर्ष जेल सजायँ

790 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी
धादिङ,१४ मंसिर – हरिण प्रजातिको संरक्षित बन्यजन्तु चिरुको रौं तस्करी गरेको आरोपमा पक्राउ परी मुद्धा चलाईएका पांच जना दोषि ठहर भएपछि अदालतले उनिहरुलाई सजायँ सुनाएको छ । अन्र्तराष्ट्रिय वजारमा महंगो मुल्यमा बिक्री हुने गरेको चिरुको रौं तस्करी गरेको मुद्दामा जिल्ला अदालत धादिङले ५ जनालाई दोषी ठहर गरी सजायँ सुनाएको हो ।
धादिङ जिल्ला अदालतका जिल्ला न्यायधिस इश्वरराज आचार्यको एकल इजलासले लामो समय देखि चलिरहेको चिरुको रौँ ओसारपसार सम्बन्धी मुद्दाको सोमवार फैसला गरेका हो । उनिहरु माथि साँढे तीन अर्वभन्दा बढी मुल्य पर्ने चिरुको रौं तस्करी गरेको आरोप लागेको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पुस २२ मा गोरखा आरुघाटमाथिको थुमी-६ केउरपानी र सोतीखोलाबाट करिब पौने चार अर्ब रुपैयाँ बराबरको ११ सय ८१ किलो चिरुको ४६ बोरा रौं समातेको थियो । लगत्तै धादिङको मलेखुस्थित लीलानाथ सिलवालको घरबाट समेत चार सय किलो रौं समातिएको थियो । दुवै केसमा एउटै समूह संलग्न भएको पुष्टि भइसकेको छ । यति परिमाणको रौं संकलन गर्न ७ देखि १० हजार वयस्क चिरु मारिएको विशेषज्ञको अनुमान छ ।

चिरुको रौं नरम र उच्चकोटिको हुने भएकाले त्यसलाई ‘साहतुस’ अर्थात् ऊनको राजासमेत भनिन्छ । बहुमूल्य सल बनाउन साहतुसको प्रयोग हुन्छ । जानकारका अनुसार एउटा सल बनाउन आवश्यक पर्ने चिरु रौं निर्मित सलको मूल्य भारत र पाकिस्तानमा करिब ५ हजार अमेरिकी डलर अन्तर्राष्ट्रिय बजारमा करिब २० हजार डलर पर्छ । पाकिस्तानको कश्मीरमा कालिगड हुने भएकाले त्यस्ता सल त्यहीं बनेर अन्तर्राष्ट्रिय बजार पुग्छन् ।
दुर्लभबन्यजन्तु चिरुको रौँ तस्करी गरेको आरोपमा संलग्न तिव्वतका आपे भन्ने पेन्टु लामा, गोरखा जिल्ला छेकम्पार ८ का लुण्डुप लामा, सोही स्थानका वाङ्दा लामालाई १० वर्ष जेल सजायँ र ६० हजार रुपैयाँ जरिवाना गर्न आदेश गरिएको छ ।
यसैगरि गोरखा थुमी ७ का पूर्णबहादुर गुरुङलाई ९ वर्ष जेल सजाय गर्न आदेश गरिएको छ भने धादिङ गजुरी २ का लिलानाथ सिलवाललाई २ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको आदेश गरिएको छ । सोही मुद्दामा सम्लग्न रहेका भनि मुद्दा दायर गरिएका गोरखा छेकम्पार ७ का टेम्पे लामालाई भने अदालतले सफाइ दिइएको छ ।
आरोप लगाइएका एक जना फरार रहेको भन्दै फरार आरोपीको हकमा मुद्दा मुल्तबीमा राखिएको जिल्ला अदालतले जानकारी दिएको छ । प्रतिबन्धीत चिरुको रौँ धादिङको गजुरी २ का लिलानाथ सिलवालको घरबाट ०६९ माघ २१ गते नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले बरामद गरेको थियो । जिल्ला अदालतमा दायर मुद्दा गरिएको मुद्धाको आज फैसला गरिएको हो । तत्काल पक्राउ परेर हिरासतमा राखिएका सिलवाललाई तारेखमा छाडिएको थियो ।
लुण्डुप लामा र तिब्बतीयन नागरिक पेन्टुलामा जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा छन् । यसैगरि वाङ्दा लामा र पूर्णबहादुर गुरुङ गोरखा जिल्ला कारागारमा चिरुको रौँ ओसारपसार सम्बन्धी मुद्दामै पुपक्र्षका लागि थुनामा रहेका छन् । उनिहरु दुई जनालाई गोरखा प्रहरीले धादिङ जिल्ला अदालतमा उपस्थित गराएको थियो ।
सिआइवीले २०६९ साल माघ महिनामा बरामद गरेको चिरुको रौँ तस्करीका मुख्य नाइके छेकम्पार ९ का रिजिन वाङ्दो लामा भएको प्रहरीको भनाई छ । लामालाई दुई वर्षभन्दा लामो खोजीपछि सिआइबीले काठमाडौंबाट पक्राउ गरेको थियो ।
सिआइवीले बरामद गरेको साँढे तीन अर्वभन्दा बढी चिरुको रौंसहित उतीबेला गोरखा थुमिका पूर्ण गुरुङ र केउरपानीका सर्मिला बराम पक्राउ परेका थिए । पूर्ण र सर्मिलाको बयानका आधारमा लामा मुख्य योजनाकार रहेको खुलेको थियो ।
चिरुको रौंसहित दुई जनालाई प्रहरीले पक्राउ गरेपछि लामा काठमाडौंमा लुक्दै आएका थिए । उत्तरी गोरखालाई तस्करी रुट बनाएर अवैध धन्दा गर्दै आएका उनले स्थानीयलाई प्रयोग गरेर निकासी गर्दै आएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
चिरु हरिण प्रजातिको संरक्षित बन्यजन्तु हो । नेपाल भारत र तिब्बतमा मात्रै यो पाइन्छ । यसको ओसार पोसारलाई नेपाली कानुनले गैरकानुनी मानेको छ । यसको शरीरमा रहेको उन बहुमूल्य मानिन्छ । अन्तर्रा्ष्ट्रिय बजारमा मूल्यवान रहेकाले चिरुको तस्करी गर्ने गिरोह सक्रिय हुने गरेको प्रहरीले वताएको छ ।चिरुको रौं साईटिस महासन्धी १९७५ तथा राष्ट्रिय निकुञ्ज तथा बन्यजुन्तु संरक्षण ऐन २०२९ को अनुसुचि १ अनुसार संरक्षीत बन्यजन्तुको सुचिमा राखीएको छ  यसको कारोबार गरे राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ तथा साईटिस महासन्धी १९७५ बिरुद्धको अपराध मानिन्छ । यस्तो अपराध गरेमा बन्यजन्तु ऐनको दफा २६(१) बमोजीम ५ देखी १५ बर्षसम्म कैद तथा ५० हजार देखी एक लाखसम्म जरिवान वा दुबै हुने कानूनी प्राबधान रहेको छ ।