विदेशमा मृत्यु भएका अभिभावकका छोराछोरीलाई छात्राबृत्ति वितरण 

731 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

dhading-supportरामकुमार थापा, धादिङबेसी, मंङ्सीर १४– बैदेशिक रोजगारीको क्रममा मृत्यु भएका परिवारका बालबालिकाहरुलाई धादिङबेसीमा छात्राबृत्ति वितरण गरीएको छ । बैदेशिक रोजगारको शिलशिलामा मृत्यु भएका कामदारका परिवारलाई आवश्यक पर्ने शैक्षिक छात्रबृत्ति प्रदान गर्ने सम्बन्धमा बैदेशिक रोजगार प्रवद्र्धन वोर्डको कल्याणकारी कोषबाट कामदारका छोराछोरीको शैक्षिक विकासका लागी छात्राबृत्ति वितरण गरीएको हो ।

अघिल्लो बर्ष निवदेन दिएका १० जना अभिभावकका छोराछोरीको लागि बैदेशिक रोजगार नियमावली, २०६४ को नियम ५२ को उपनियम २ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयले बनाएको कार्यविधि अनुसार जिल्ला शिक्षा कार्यालय धादिङले अभिभावक र उनका वालवालिकाहरुलाई बोलाएर वैदेशिक रोजगार प्रवद्र्धन वोर्डबाट प्राप्त ६४ हजार रकम वितरण गरीएको सामी परियोजनाका कार्यक्रम संयोजक गँगा सुवेदीले बताइन् ।

चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज (सिड्स) धादिङले श्रम तथा रोजगार मन्त्रालयको मातहतमा रहेर हेल्भेटास स्वीस ईन्टरकोअपरेशन नेपालसँगको साझेदारीमा सञ्चालित सुरक्षित आप्रवासन (सामी) परियोजना कार्यान्वयन गरीरहेको अवस्थामा मृतकका परिवारलाई छात्राबृत्तिको विषयमा जानकारी गराई आवश्यक प्रक्रियामा परिवारलाई सहयोग गर्ने कार्य गर्दै आएको छ ।

छात्रवृत्ति पाउनेहरु दार्खा, कटृञ्जे, खाल्टे, त्रिपुरेश्वर गाविस र निलकण्ठ नगरपालिकाकका विभिन्न विद्यालयमा अध्ययनरत १० जना विद्यार्थीहरु रहेका छन् देश परदेश डट कममा यो खबर प्रकाशित छ ।