धादिङको युनिटी स्वास्थ्य सहकारीको नाफा १२ लाख

527 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

5edaf575f28104490395b23ad7de3ba8उत्कृष्ट व्यवसाय-कारोवार गर्ने सदस्य वलराम पोख्रेल सम्मान ग्रहण गर्दै: तस्बिर राजेन्द्र बस्नेत

धादिङः धादिङ जिल्लाका स्वास्थ्यकर्मीहरुले सञ्चालन गरेको युनिटी स्वास्थ्य सहकारी संस्थाले आर्थिक वर्ष २०७२/०७३ मा १२ लाख नाफा कमाएको छ । सहकारी संस्थाले स्थापना कालदेखि नै औषधीको थोक कारोबार गर्दैं आएको छ ।

जिल्लाका ७० भन्दा बढी मेडिकलहरुलाई थोकमा औषधी बेच्दै आएको सहकारी संस्थामा एक सय ६ जना शेयर सदस्य रहेका छन् । ६८ लाख २७ हजार ६ सय शेयरपूजीँ र १६ वटा औषधी उत्पादक कम्पनीसँग गरेको २ करोड ४९ लाख ९१ हजार ६५ रुपैयाँको औषधी करोवारबाट २४ लाख ४३ हजार ५ सय २९ आम्दानी गरेको छ ।

सहकारी संस्थाले १२ लाख ९ हजार ८ सय ३० रुपयाँ प्रशासनिक खर्च गरी १२ लाख ३३ हजार ६ सय ९९ रुपयाँ नाफा कमाएको छ । सहकारी संस्थाले ४८ लाखमा जिल्ला सदरमुकाममा ६ आना घडेरी खरिद गरेको छ ।

प्रति शेयर सदस्य मासिक ५ सय बचत गर्दै आएको छ । यस अघि स्वास्थ्यकर्मीलाई मात्र शेयर सदस्य रहेकोमा अव नियमित औषधी सेवन गर्नेहरुलाई समेत न्यूनतम १० हजार शेयर खरिद गर्न पाउने व्यवस्था गरेको संस्थाको अध्यक्ष कृष्णलाल उप्रेतीले बताए ।

सहकारी संस्थाको सातौ वार्षिक साधरण सभामा उत्कृष्ट व्यवसाय-कारोवार गर्ने सदस्यहरू सीता दहाल, हेमन्त पौडेल र वलराम पोख्रेललाई सम्मान गरेको छ ।

यसै गरी सहकारी संस्थाको सदस्य भए पश्चात् स्वास्थ्य क्षेत्रमा स्नातक-स्नाकोत्तर गर्ने सदस्यहरू डाक्टर रामहरी रेग्मी, विष्णु प्रसाद रिजाल, जनक अधिकारी र जुनु श्रेष्ठलाई समेत सम्मान गरेको छ ।

प्रवेशिका परीक्ष २०७३ मा उतकृष्ट अङ्क ल्याउने सदस्यका छोराछोरी क्रमशः रुपक श्रेष्ठ, मेरिना दनै, राहु पेम्वा तामाङलाई सम्मान गरिएको छ । अभिभावक गुमाउने सदस्यहरू पदम प्रसाद उप्रेती र राम प्रसाद सिलवाललाई नगद १०÷१० हजार आर्थिक सहायता प्रदान गरिएको छ  कारोवार डेलीले खबर छापेको छ ।