रासायनिक विषादीको प्रयोग रोक्न सचेतना पदयात्रा

1003 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

????????????????????????????????????

धादिङ, २३ मंसिर -रासायनिक विषादीको प्रयोग रोक्न सचेतना फैलाउने उद्देश्यले पदयात्रा गरिएको छ ।पद यात्राको शुभारम्भ धादिङका सहायक प्रमुख जिल्ला अधिकारी  लिलाधर अधिकारी र स्थानीय विकास अधिकारी भगवान अर्यालले संयुक्त रुपमा गरेका थिए ।
दोस्रो विषादी प्रयोग मुक्त सप्ताहको अवसरमा धादिङवेशीदेखि चरौदी, गजुरी देखि धार्के सम्म पदयात्रा गरिएको हो ।पद यात्राका क्रममा वरिष्ठ कृषि विकास अधिकृत केशव देवकोटाले जिल्लामा विषादी प्रयोगको मात्र बढ्नु भन्दा पनि प्रयोग पछि पर्खनु पर्ने समय नपर्खेकोले समस्या देखिएको बताए । रासायनिक विषादी प्रयोगले क्यान्स, वंशाणुगत परिर्वतन, विकृत वच्चा जन्मनु, ट्युमर आउने , दम, अन्धोपना, प्रजनन सम्वन्धी विकृति,कलेजो तथा मृगौला विग्रने जस्ता दिर्घकालिन रोग लाग्ने भएकोले विषादी प्रयोग कम गर्दै लैजानु पर्ने देवकोटाले बताए ।
धादिङका ११ प्रतिशत किसानले आफुहरुलाई खान छुट्टै तरकारी लगाउने गरेको तथ्य यस अघि नै सार्वजानिक भईसकेको छ । देशभर विषादी प्रयोग गर्ने मध्ये ९ प्रतिशत किसानले चुरोट, खैनी, लगायतका खाने चीज विषादी प्रयोग गरिरहेको अवस्थामा खाने गरेको र २५ प्रतिशत किसानहरुले विषलाई औषधी भन्ने गरेको निर्देशक डा.शर्मा बताए । ३३ प्रतिशत किसानहरुलाइृ विषादी प्रयोग पछि फसल लिन पर्खनु पर्ने अवधि थाहा छैन भने ५४ प्रतिशत किसानले व्यवहारमा ल्याउदैनन । विषादी प्रयोग सम्वन्धी सचेतना नहुदाँ प्राविधिकको परामर्श विना किसानहरुले आफुखुशी परिमाण र मात्रामा कडा भन्दा कडा विषादी प्रयोग गर्ने गरेको निर्देशक डा.शर्मा बताए । आव २०७२÷०७३ आयत गरेको ४ सय ५५ मेट्रिकटन विषादी मध्ये धादिङ,नुवाकोट,चितवन, काभे्र र सिन्धुपाल्चोक अत्याधिक मात्रामा प्रयोग भयो । जिल्लाको तथ्यांकलाई हर्ने हो भने झण्डै १० प्रतिशत अर्थात ५७ मध्ये मेट्रिकटन विषादी धादिङमा खपत हुन्छ ।