प्रकृति ‘मिस धादिङ’, सावित्रि मिसेस

1138 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

misधादिङ- मिस धादिङ आइडल २०१६ को उपाधि प्रकृति राना मगरले जितेकी छन्। सदरमुकाम धादिङबेसीमा आयोजित प्रतियोगीतामा २० जना प्रतियोगीहरुलाई पछि पार्दै उपाधि प्रकृतिले जितेकी हुन्। उनले मिस धादिङ आइडलका साथै वेष्ट हेयरको  पनि अवार्ड जितिन्।

प्रतियोगीतामा फस्ट रनरअफ प्रमिला भट्ट, सेकेण्ड रनरअफ ईसु तामाङ, थर्ड रनरअफ कोपिला राना मगर र फोर्थ रनरअफ आशा तामाङ भईन्।

त्यस्तै मिसेस धादिङ आइडलको उपाधि सावित्रि श्रेष्ठले हात पारेकी छन्। १२ जना प्रतियोगीहरुलाई पछि पार्दै सावित्रिले उपाधि जितेकी हुन्। उनले वेष्ट हेयरको अवार्ड पनि हात पारिन्। प्रतियोगीतामा फस्ट रनरअफ रत्ना बस्नेत, सेकेण्ड रनरअफ कल्पना गुरुङ, थर्ड रनरअफ भगवती गुरुङ र फोर्थ रनरअफ सानु तमाङ भईन्।

प्रतियोगिताका बिजेता मिस धादिङ आइडल रानाले उपाधिसँगै मिस व्युटि क्युइन र मिसेस धादिङ आइडल श्रेष्ठले उपाधिसँगै मिसेस नेपाल आइडल प्रतियोगीतामा सहभागी हुन पाउने अवसर पाएका छन्।

महिलाहरुको क्षमता अभिवृद्धि र प्रतिभा प्रस्फुटनका गर्ने उद्देश्यले अमेजन इन्टरटेण्डमेन्ट, काठमाडौँले प्रतियोगीताको आयोजना गरेको थियो।

प्रतियोगीतामा कोरियोग्राफर कला सुुब्बा, नायिका सञ्चिता लुइटेल, मिसेस मंगोल २०१६ का बिजेता शोनम राई, कलाकार राज कटुवाल र दिव्य दर्शन टेलिभिजनका कार्यकारी निर्देशक दिपक कोइराला निर्णायक मण्डलमा थिए नागरिक न्यूजमा खबर छ ।