भारतीय योजनामा छिन्नभिन्न बनेको फिजी र नेपालको तराई–मधेस

1264 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

भारतले यसरी बर्बाद गर्यो फिजीलाई ! फिजीको दर्दनाक कथा

newssewa12 केशवराज जोशी 

नेपालको राजनीतिमा सिक्किम र फिजी अर्थात सिक्किमीकरण फिजीकरण निकै चर्चित शब्द हुन् । राजनीतिक दलहरुले बेलाबेला छिमेकी भारतले नेपाललाई फिजीकरण गर्न खोजेको आरोप पनि लगाउँदै आएका छन् । नेपालमा पनि तराईका जिल्लाहरु सरकारले नागरिकता वितरण गर्दा कयौ भारतीय नागरिकलाई नागरिकता वाडिएका तथ्यहरु सार्वजनिक भइसकेका छन् ।

नेपालबाट ७ समुद्र पारिको देश फिजीमा पनि यस्तै–यस्तै घटना घटाएको थियो भारतले,त्यसपछि फिजी अस्तव्यस्त बन्यो,छिन्नभिन्न बन्यो । अहिलेसम्म पनि फिजी राजनीतिक संक्रमणको सकसमा छ । फिजीमा भारतीय नागरिक कसरी पुगे । फिजीमा भारतीय नागरिक पुगेपछि के भयो र नेपालमा पनि दलहरुले वा राज्यले नागरिकता वितरण गर्दा सावधानी नअपनाउने हो भने के दुर्घटना निम्तीन सक्छ । फिजीको घटनाबाट नेपालले सिक्न सक्छ  । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमले त झन फिजीकरणबारे जान्नैपर्ने हुन्छ । 

फिजीमा कसरी पुगे भारतीय नागरिक
फिजी निकै सानो देश हो । भारत व्रिटसि समाज्य वेलायतको उपनिवेश हुँदा फिजी पनि बेलायती उपनिवेश नै थियो । फिजीमा उखु खेती व्यापक हुन्थ्यो । फिजीको जनसंख्या कम थियो । त्यसमाथी काम गर्ने मजदुरको अभाव थियो । त्यसैले कृषि मजदुरका रुपमा वेलायतीहरुले भारतीय मजदुर लगेका थिए । तत्कालीन सरकारको पहलमा सन १८७९ मा ३१ जना र १८८१ मा ३८ जना भारतीय मजदूर फिजी लगिए । लगिएकामध्ये केही फिजीमै बसे भने बाँकी फर्किए । 

त्यसपछि विस्तारै कतिपय भारतीय नागरिकले परिवार पनि लैजान थाले । त्यसपछि पाँच वर्षको करारमा भारतीय मजदूर फिजी लगिन थाले । त्यसपछि पाँच वर्षको अवधी बढाएर दस वर्ष बनाइयो । विस्तारै फिजीमा भारतीय पुरुषहरुले फिजीका महिलासँग विवाह गर्न पनि थाले ।  क्रमशः सन १९१६ सम्म ६१ हजार भारतीय कृषि मजदूर फिजी पुगेका थिए, तीमध्ये ४१ हजार स्वदेश (भारत) फर्केका थिए । सन् १९०० देखि भारतीय मजदूरलाई खुला रुपमा (विना पासपोर्ट) फिजी जान पाउने व्यवस्था ब्रिटिश सरकारले गरयो । त्यसपछि दिनहुँ भारतीय आप्रवासीको संख्या वढ्न थाल्यो  । केही महिनामै भारतीयको संख्याले शहर भरिन थाल्यो । त्यसपछि भारतीय मूलका वासिन्दाले संसद र स्थानीय निकायमा प्रतिनिधित्व माग समेत गर्न थाले र आन्दोलन समेत गर्न थाले ।

१९१६ मा वेलायती गभर्नरले भारतीय मूलका बद्री महाजनलाई संसदको सदस्य चुनीसकेका थिए । महाजन चार वर्ष अघि मात्र फिजी पुगेका थिए । सन् १९१२ मा फिजी पुगेर भारतका वकिल मनिलाल मगनलालले इण्डियन इम्पेरियल एसोसिएसन गठन गरेर आन्दोलन चर्काउन थाले । उनले भारतीयहरुलाई सुविधा बढाउन र अधिकार दिन माग राखे । उनले आन्दोलन चर्काउँदै लगेर सन् १९२० मा ठुलै दंगा समेत गराउने सफलता पाए । त्यसपछि उनलाई देश निकाला गरियो । १९२० को आन्दोलनको फलस्वरुप भारतीय मजदूरले चाहेको बेला भारत फर्कने र खुला रुपमा फिजी आउन पाउने व्यवस्था गरियो । भारतीय आप्रवासनसँगै उनीहरुको राजनीतिक माग पनि थपिदै गइरहेको थियो । सन १९२९ मा फिजीको संसदमा तीनजना भारतीय हुनुपर्ने व्यवस्था गरियो ।

१९५६ देखि १९८० बीचमा रैथाने फिजीयनभन्दा भारतीय आप्रवासीको जनसंख्या धेरै भएको मानिन्छ तर औपचारिक तथ्यांक कहिल्यै सार्वजनिक गरिएन् । ठिक त्यहि समयमा  रहस्यमय रुपमा फिजीयनहरुबीच बारम्बार दादुराको प्रकोप फैलियो, हजारौं फिजीयन मृत्यु भयो । 
फिजीका रैथानेहरु भारतीयलाई आफ्नो देशको नागरिक मान्न तयार थिएनन् 

भलै फिजीमा भारतीयहरुको संख्या बढ्दो थियो । नेपालको तराईजस्तै । तर फिजीका रैथानेहरु भारतीयलाई आफ्नो देशको नागरिक मान्न तयार थिएनन् । वेलायती गभर्नरले भारतीय मूलकाहरुलाई ‘फिजीयन इण्डियन’ भनेर फिजी मूलका वासिन्दा भन्दा फरक पहिचान दिन प्रयास थाले । तर, भारतीय मजदूरहरुले राजनीतिक दल गठन गरेर फिजीवासी सरह अधिकार माग्न थाले । उनीहरुले एडी पटेलको नेतृत्वमा नेशनल फेडेरेशन पार्टी गठन गरे । यो पार्टीले फिजीका रैथाने सरह अधिकार माग्यो ।

यसले गर्दा रैथाने र भारतीय आप्रवासीबीच झन विवाद झनपछि झन चुलिदै गयो । त्यसपछि भारतीय प्रतिनिधिको समर्थन बिना सरकार नबन्ने अवस्था आयो । रैथाने फिजीयन र आप्रवासी भारतीयको सहकार्यमा जसोतासो सरकार चल्न थाल्यो । तर, भारतीय आप्रवासीहरुले रैथानेको भन्दा वढी अधिकार माग्न थाले । उनीहरुले नागरिकता ऐनमा मुख्य ध्यान दिए । जो अहिले नेपालको तराई–मधेस क्षेत्रमा पनि देखिने अवस्था छ । 

भारतीय आप्रवासीहरुले यस्तो नागरिकता ऐन माग गरे जस अनुसार उनीहरुले भारतमा रहेका आफ्ना आफन्त जो कसैलाई ल्याएर फिजीको नागरिक बनाउन सकुन । भारतीयहरुको यस्तो मागको वास्तविक फिजीयनहरुले चर्को विरोध गरे ।

आप्रवासी भारतीयको दोस्रो पुस्ताले फिजीलाई नै घर र आफ्नो देश ठान्नु अस्वाभाविक थिएन । तर, नागरिकता कानुनले गर्दा भारतीयहरु निरन्तर ओइरिनाले रैथाने बनिसकेका भारतीय फिजीयनहरु पनि समस्यामा पर्ने अवस्था देखिन थाल्यो । नागरिकता सम्बन्धी फितलो व्यवस्था हुनु, भारतीयहरु आर्थिक रुपमा सम्पन्न हुनु आदि कारणले फिजीयनहरुले आफूबाट आफ्नो देश खोसिएको महसुस गर्ने अवस्था आयो । यसले झनपछि झन समस्या विकराल बन्दै गयो । 

यस्तो भयो राजनीतिक लडाईं र संक्रमण
फिजीमा सन १९७७ मा भएको आमचुनावमा भारतीयहरुको पार्टी नेशनल फेडेरेशनले प्रष्ट बहुमत ल्यायो । तर, चुनावको तीन दिनमै पार्टी विभाजित भयो । त्यसपछि सेरेमोनियल राष्ट्रपतिले रैथानेहरुको पार्टीलाई सरकार बनाउन आव्हान गरे । लगत्तै पुन आमचुनाव घोषणा गरियो । त्यसपछि संयुक्त सरकार बन्ने क्रम जारी रह्यो । सरकारमा भारतीयहरुको दबदबा निरन्तर बढ्दै गयो । 

त्यसपछि सन् १९०० मा लण्डनमा भएको संवैधानिक सम्मेलनबाट फिजीलाई वेलायतको उपनिवेशबाट मुक्त गरियो र त्यहाँको संसदलाई जातीय प्रतिनिधित्वको बनाइयो । जसमा भारतीयले पचास प्रतिशत अवसर पाए । बाँकी पचास प्रतिशत रैथानेलाई दिइयो । रैथानेलाई विभिन्न जातजातिमा विभाजित गरियो भने भारतीय मुलकालाई एउटै समूहमा राखियो । त्यसबेलासम्म फिजीमा रहेका र नागरिकता नपाएका सम्पूर्ण भारतीय आप्रवासी तथा मजदूरहरुलाई पनि नागरिकता दिने निर्णय गरियो ।

सन् १९८७ मा आप्रवासीहरुको पार्टीको समर्थनमा टिमोसी वाभाद्रा नेतृत्वको सरकार बन्यो । आप्रवासीहरुले जे भन्यो त्यही निर्णय हुने अवस्थाले रैथानेमा असन्तुष्टि निरन्तर वढ्दै गएको थियो । मुलुक राजनीतिक संक्रमणको खतरनाक अवस्थामा पुगेपछि केही महिनापछि रैथाने सैनिक अधिकृत सेतीभेनी राबुकाले कू गरेर सत्ता कब्जा गरे । रैथानेले सत्ता कब्जा गरेपछि भारत सरकारले कडा विरोध ग¥यो र सो सरकार विरुद्ध विश्वव्यापी अभियान समेत चलायो । भारतले फिजीलाई पूर्व वेलायती उपनिवेश देशहरुको संगठन कमनवेल्थबाट निकाल्न लगायो । केही महिनापछि बाध्य भएर राबुकाले राजीनामा गरे । त्यसपछि पेनाइया गानाउला राष्ट्रपति बने भने राबुका प्रधानमन्त्री चुनीए ।

त्यसपछि फिजी संवैधानिक र जातीय संकटमा भासिदै गयो । भारतीयहरुले समान अधिकार देउ भन्दै फिजीयनहरुभन्दा धेरै अधिकार माग्न थाले । खुला नागरिकता प्रणालीका कारण भारतबाट आप्रवासी आउने क्रम पनि जारी रह्यो । भारतीयहरुलाई इण्डियन फिजीयन, फिजीयन इण्डियन, इण्डो फिजीयन के भन्ने विषयमा अझै पनि विवाद कायमै छ । भारतीयहरुले आदिवासी हौं भनेर दावी गर्दै आएपनि फिजीसीयन त्यो मान्न तयार भएनन् । 

सन् २००६ मा मन्त्री जोनी नाभाकामोसियाले घोषणा अब इण्डो फिजियन भन्न पाइने छैन, भारतीय मात्र भन्नुपर्छ भन्ने घोषणा गरेलगत्तै सैनिक कूमा उनलाई भारतीयहरुको विरोधी जातिवादी घोषित गर्दै पदच्यूत गरियो । फिजीमा संवैधानिक सुधारको प्रयास अहिले पनि जारी छ । सन् २०१३ मा नयाँ संविधान बनाइएको छ तर त्यसले समाधान दिन सकेको छेन् ।

फिजी जातियको दलदलमा फसेको छ । रैथाने र भारतीय मूलका वासिन्दाबीच अधिकारको बाँडफाँड गराउन जातीय आधारको संविधान बनाउन भारतले पर्दा पछाडिबाट खेल खेलिरहेको आरोप रैथाने फिजीयनहरुको छ । यसका लागि भारतले राष्ट्रसंघका यसपाल घईलाई उपयोग गरेको आरोप छ । घईले फिजीमा नयाँ संविधानको मस्यौदा प्रस्ताव गरेर दिएका छन् । यी घई ति व्याक्ति हुन् जो २०६३ पछि राष्ट्रसंघीय परियोजना संवैधानिक संवाद केन्द्र संचालन गर्न नेपाल आएका थिए । नेपालमा उनले फिजीजस्तै जातियताको विउँ रोप्न खोजेका थिए । 

अहिले घट्दैछन्,भारतीय नागरिक
फिजीमा अहिले शान्ति छ,त्यसको कारण अहिले भारतीय जनसंख्या घट्ने क्रममा छ । फिजीको स्रोत र साधनको प्रयोग गरेर भारतीयहरु असाध्यै धनी भए । उनीहरु नजिकको न्यूजिल्याण्ड, अष्ट्रेलिया र  अमेरिका छिर्दै गए ।

 भारतीयहरुको जनसंख्या घट्दै गएपछि राजनीतिक दवाब र वर्चश्व पनि घट्दै गइरहेको छ । सन् १९८७ को कूपछि रैथानेहरुमा ठूलो जागरण आएको थियोे । त्यत्तीबेला देखिनै भारतीयहरुलाई राजनीतिक रुपमा किनारा लगाउन थालियो । आप्रवासन र नागरिकता नीतिमा पनि कडाई गरियो । यी सबै कारणले भारतीयहरुको जनसंख्या घट्दै गएको हो । निकै लामो दुखद संघर्षपछि अहिले फिजीमा रैथानेहरु बहुमतमा छन् र त्यहाँ शान्ति छ ।

फिजीमा संवैधानिक कयौं उतारचढाव भए । नयाँ संविधान अनुसार १९९९ मा आमचुनाव हुदा  पहिलो भारतीय प्रधानमन्त्री बन्न सफल भए महेन्द्र चौधरी । त्यसपछि फिजी सम्पूर्ण रुपमा भारतीयहरुको कब्जामा जाने स्थिति बन्यो । भारतको बिहार पुर्खाैली घर भएका चौधरीलाई एक वर्ष नबित्दै सन २००० मा कू गरेर हटाए जर्ज स्पेइटले । पछिल्लो तथ्यांक अनुसार फिजीको जनसंख्या हाल नौ लाख १५ हजार छ । करिब ५७ प्रतिशत रैथाने फिजीयन छन भने करिब ३८ प्रतिशत भारतीय मूलका फिजीसियन छन् ।

मधेस भारतीय योजनामा अर्को फिजी नबनोस्
पछिल्ला केही वर्षयता सीमा क्षेत्रमा भारतीयले पहुँच–नाता सम्बन्धका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिने क्रम बढेको पाइएको छ । यसअघि पनि पहिलो संविधानसभा निर्वाचन अघि घुम्ती शिविरमार्फत वंशजका आधारमा नागरिकता लिएको र त्यसको विरोध समेत हुदै आएको छ ।
 भारतीय नागरिकले झुठो विवरण पेश गरि नागरिकता लिएका थिए । त्यो अवधीमा झण्डै १० लाख भारतीयले नागरिकता लिएको अपुष्ट चर्चा चल्दै आएको छ ।  मधेस आन्दोलन चर्किएका बेला र भोटको आशामा राजनीतिक दलले समेत भूमिका खेल्दा थुप्रै भारतीय नागरिकले वंशजका आधारमा सुनसरीबाट नागरिकता लिएको पाइएको हो । घुम्ती शिविरमार्फत सुनसरीबाट नागरिकता लिने भारतीयको संख्या ठूलो छ । यसबारे राज्य गम्भीर नहुने हो भने फिजीको डरलाग्दो र दर्दनाक घटनाको सामना नेपालले नगर्ला भन्न सकिन्न् यो लेख  न्यूज सेवा डट कम बाट साभार गरिएको हो ।