धादिङ न्यूज डट कमलाई सम्मान

680 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

????????????????????????????????????

धादिङ,३० मंसिर – अन्र्तराष्ट्रिय आप्रवासी कामदार दिवसको अवसर पारेर बिहिबार धादिङबेसीमा धादिङ न्यूज डट कम लाई सम्मान गरिएको छ ।
समाचारको माध्यमबाट बैदेशिक रोजगारीमा गएकाहरुको वारेमा खोजपूर्ण समाचार प्रकाशन गरी समाजमा जागरण फैलाएको भन्दै धादिङ न्यूज डट कमका प्रवन्ध निर्देशक एवम प्रधान सम्पादक केशव अधिकारी अन्नपूर्ण दैनिकका धादिङ संवाददाता मनिष दुवाडी,रेडियो धादिङ, रेडियो बिहानी र रेडियो राजमार्गलाई सम्मान गरिएको हो ।
धादिङ जिल्लाबाट वैदेशिक रोजगारीका लागि विभिन्न देशमा गएका आप्रवासी कामदारको पक्षमा खोजपरक,अनुसन्धानमुलक सूचना संकलन गरी विभिन्न समयमा समाचार प्रकाशन गरि आपतमा परेकाहरुको उद्धार, हराईरहेकाहरुको खोजी, पारिवारिक पुर्नमिलनका साथै अन्य समस्यामा परेकाहरुको सहयोगमा केन्द्रित रही पत्रकारिता गरेको भन्दै चन्द्रज्योति एकिकृत ग्रामीण विकास समाज सिड्स धादिङले कदर पत्रद्धारा सम्मान गरेको हो । कार्यक्रममा धादिङ क्षेत्र नम्बर २ का सांसद गुरुप्रसाद वुर्लाकोटी।धादिङका स्थानीय विकास अधिकारी भगवान अर्याल, धादिङ जिल्ला विकास समितिका पुर्व सभापति खेम लोहनी, सामि परियोजनाका जिल्ला संयोजक कमलवहादुर रोकायले सम्मानित संचारगृहका प्रतिनिधि र पत्रकारहरुलाई सामुहिक रुपमा कदरपत्रका साथ दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
हेल्भेटास स्वीस इन्टरकोअपरेशन नेपालको आर्थिक सहयोगमा सिड्सले धादिङमा सुरक्षित आप्रवासन परियोजना (सामि)संचालन गर्दै आईरहेको छ । सामिले विशेष गरी वैदेशिक रोजगारीमा जान चाहनेहलाई सूचना तथा परामर्श दिनुका साथै विदेशमा रहँदा कुनै समस्या भोग्नु परेमा कामदारको पक्षमा पैरवी गरी न्यायका लागि सरोकारवाला निकायलाई दवाव सिर्जना गराउने काम गर्दछ । अन्र्तराष्ट्रिय आप्रवासी कामदार दिवस २०१६ को अवसर पारेर विहिबार धादिङबेसीमा खुल्ला बहस अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । सामी परियोजना जिल्ला समन्वय समितिका संयोजक एवम स्थानीय विकास अधिकारी भगवान अर्यालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सांसद गुरुप्रसाद वुर्लाकोटीको पमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा जिल्लामा कृयाशिल विभिन्न राजनैतिक दलका प्रतिनिधि,नागरिक संगठनका प्रतिनिधि, संचारकर्मी, बैदेशिक रोजगारीमा गएर फर्किएकाहरुको सहभागिता रहेको थियो ।