कोईरालेमा जिप पल्टिंदा तीन जनाको ज्यान गयो

703 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

acci-1धादिङ, १ पुस – पृथ्वीराजमार्गमा पर्ने धादिङको भुमेस्थान गाविस वडा नम्बर ६ कोईरालेमा भएको जिप दुर्घटनामा परि चालक सहित ३ जनाको ज्यान गएको छ । मृतक मध्ये २ जनाको सनाखत भएको छ ।
बैरेनी प्रहरी चौकीका अनुसार लमजुङबाट काठमाण्डौंका लागि छुटेको ग ३ च ४५७२ नम्बरको पजेरो जिप राती १२ वजे तिर सडकबाट करिव १ सय मिटर तल खस्दा चालक सहित ३ जनाको ज्यान गएको हो । मृतकहरुमा चण्डिकास्थान–६ लमजुङ घर भएका चालक २५ बर्षिय माधव धिताल, ३१ बर्षिय बिष्ष्णु वहादुर राउतको सनाखत भएको प्रहरीले जनाएको छ । राउत नेपाली सेनाको बर्दिया स्थित शमसेर दल गुल्ममा कार्यरत सैनिक जवान भएको उनको साथमा भेटिएको परिचय पत्रबाट खुलेको छ । अन्दाजी ३५ बर्ष जतिको एक महिलाको भने सनाखत हुन नसकेको घटनास्थलमा रहेको प्रहरीलाई उद्धृत गर्दै कमल आलेले धादिङ न्यूजलाई जानकारी दिनु भयो ।