नरसिंहधामका वाल शिष्यहरुको लागि दोहाबाट १५ हजार आर्थिक सहयोग

891 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

viber_image123 सल्यानटार -बैदेशिक रोजगारीको सिलसिलामा धादिङको सल्यानटारबाट दोहा कतारमा मा पुगेकाहरुको साझा संगठन धादिङ सल्यानटार सेवा समाज दोहा कतारले विभिन्न सामाजिक कार्यक्रमहरु मार्फत गाउँको सेवामा जुटेका छन ।
viber_image12समाजले सल्यानटार गाविस वडा नम्बर ३ मा रहेको नरसिंहधामका वाल शिष्यहरुको सहयोगका लागि न्यानो कपडा व्यवस्था गर्न जगन्नाथ फाउण्डेशनलाई १५ हजार आर्थिक सहयोग प्रदान गरेको छ । समाजले आफ्नो स्थापना पछि सल्यानटार गाविसमा विभिन्न सामाजिक हितका कार्यहरु संचालन गर्दै आईरहेको छ । सल्यानटार गाविस भरीका अति गरिव, विपन्न, असहाय बिद्यार्थीहरुको लागि विभिन्न किसिमका सहयोग ,भुकम्प पिडितहरुको लागि राहत बितरणका साथै विदेशमा अलपत्र परेकाहरुको उद्धारमा पनि सहयोग गरिरहेको संस्थाले जनाएको छ ।