मध्यमाञ्चललाई महिला क्रिकेटमा काश्य पदक

1038 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

cricket-image पुस, १२- सातौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटतर्फ मध्यमाञ्चलले काश्य पदक हात पारेको छ । इटहरीको डिभिएम स्कुलको मैदानमा भएको खेलमा मध्यपश्चिमाञ्चललाई ६ विकेटले हराउँदै मध्यमाञ्चलले तेस्रो स्थान हासिल गरेको हो ।

९३ रनको लक्ष्य पछ्याएको मध्यमाञ्चलले इनिङको एक बल अघि लक्ष्य भेट्टायो । मध्यमाञ्चलका लागि ४१ बलमा २ चौकाको सहयोगमा सीता श्रेष्ठले सर्बाधिक २७ रन जोडिन् ।

जितका लागि मध्यमाञ्चललाई अन्तिम ओभरमा १३ रनको आवश्यक थियो । जसमा पाचौं नम्बरकी ब्याट्सम्यान शान्ति खतिवडाले केहि उत्कृष्ट शट खेलेपछि मध्यमाञ्चलले एक बल अगावै जित हासिल गर्यो ।

बलिङतर्फ मध्यपश्चिमाञ्चलकी कप्तान नेरी थापाले २ विकेट लिइन् । यसअघि टस हारेर ब्याटिङ गरेको मध्यपश्चिमाञ्चलले २० ओभरमा ४ विकेट गुमाउँदै ९२ रन बनाएको थियो ।

उसका लागि खेलको म्यान अफ द म्याचसमेत रहेकी लक्ष्मी चौधरीले सर्बाधिक ४५ रनको योगदान गरिन् । त्यस्तै कप्तान नेरी थापाले २६ रन जोडिन् ।