जोगीमारा र धुषाका २ सय परिवारलाइ निशुल्क सोलार

1018 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

solar-2धादिङ – विद्युतिकरण नभएका जोगीमारा र धुषा गाउँविकास समितिका चेपाङ, विपन्न, गरिव, दलित, जनजाती र एकल महिलाहलाइ सामुदायिक बन उपभोक्ता महासंघ जिल्ला महासंघ धादिङले निशुल्क सोलार सेट वितरण गरेको छ ।
यु एस एडको आर्थिक सहयोगमा महासंघले संचालन गरेको हरियो बन कार्यक्रम अन्तरगत सामुदायिक बन उपभोक्ता समितिमा आवद्ध भएका विपन्न र गरिवहरुलाइ छनौट गरि सोलार सेट वितरण गरिएको सामुदायिक बन उपभोक्ता महासंघ जिल्ला महासंघ धादिङका अध्यक्ष भक्त बहादुर सिंखडाले जानकारी दिनुभयो ।
जोगीमारा गाउँ विकास समितिको वडा नं ६ हेक्राङमा एक कार्यक्रमको आयोजना गरि जोगीमारा गाविस र धुषा गाविसका २ सय घरधुरी छनौट गरि सामुदायिक बन उपभोक्ता महासंघ राष्ट्रिय महासंघका अध्यक्ष गणेश बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सोलार सेटहरु वितरण गरिएको हो ।
सामदायिक बन उपभोक्ता समितिले विपन्न गरिव, जनजाती र विद्युतिकरण नभएका बस्तीहरुलाइ लक्षित गरि सिफारिस गरेकाहरुलाइ सोलार सेट वितरण गरिएको हो । सोलार सेटको मुल्य प्रतिपरिवार साढे ९ हजार रहेको छ । सोलार सेट पाएपछि अव अध्यारोमा बस्न नपर्ने भएको भन्दै जोगीमाराकी मंगली चेपाङले खुसी ब्यक्त गरिन ।