साहस परियोजना अनुगमन सम्पन्न

708 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

cirds-anugamanबिनाशकारी भुकम्पका कारण क्षती भएका जिल्लाको ७ वटा स्वास्थ्य सस्था मा प्रिफेवद्धारा सेवा सूचारुगर्न यूनिसेफ , नेपालले गरेको सम्झौता अनुरुप सल्यानटार गा.बि.स.मा निर्माण गरीएको स्वास्थ्य चौकी भवन साथै यूनिसेफको आर्थिक सहयोग एबं नेपाल जनस्वास्थ्य प्रतिष्ठान र चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाजको साझेदारीमा सञ्चालित स्वास्थ्य सस्था सुद्रीढीकरण एबं पुर्नरसक्रियता कार्यक्रम साहस परियोजना अन्र्तगत गरिएका गतिबिधिहरुको सम्यूक्त अनुगमन गएिको थियो ।
कार्यक्रममा यूनिसेफ नेपालका महमद क्रितिस , वरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठ र विष्णु रिजाल , यूनिसेफ ईमरजेन्सी स्वास्थ्य एबं पोषण कार्यक्रमका नितेन्द्र चौरशिया, सिड्स धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेती र नेपाल जनस्वास्थ्य प्रतिष्ठानका राधिका सापकोटाको टोलिले सल्यानटार वाडा नः ७ को श्रीकृष्ण स्वास्थ्य आमा समूह, र वडा नः ८ को कलादेबी स्वास्थ्य आमा समूह र आगिन्चोक वडा नः ७ को प्रगतिशिल आमा समूहको गतिबिधिको बिषयमा अनुगमन गरेको थियो । सो अवशरमा आमा समुहका सदस्यहरुले जिल्ला जनस्वास्थ्य प्रमुख संग आफ्नैवस्तिमा स्वास्थ्य समस्याको वारेमा वताउन सक्ने अवशर परियोजनाले दिएको  साथै आमा समूह नियमित समयमा वस्न सक्ने वनाएको साथै बिभिन्न स्वास्थ्य सम्बन्धि जानकारी प्राप्त गर्न साहस परियोजनाले योगदान गरेको वताईएको थियो । कार्यक्रममा जनस्वास्थ्य प्रमुख ले कार्यक्रमको निरन्तरताका लागी समूहको परिचालन र आमाहरुको सक्रियता बढाउन जरुरी रहेको साथै हरेक आमाहरुको साथै नवजात शिसुको सुरक्षामा समूहको चासो गरी स्वास्थ्य कर्मी को सहयोगमा मात्र सुत्केरी गराउन सहयोग गर्न अनुरोध गर्दै पूर्ण खोप गा.बि.स घोषाणमा लाग्न समेत आग्राह गर्नु भयो ।