र्‍याप गायक यमबुद्धको निधन

992 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Yamabudha-587adc34be57b7.81533419चर्चित र्‍याप गायक यमबुद्धको मृत्यु भएको छ । यमबुद्धको नामले चर्चित रहेका उनको नाम अनिल अधिकारी हो ।

उनको शव झुण्डिएको अवस्थामा फेला परेको थियो । लण्डनमा रहेका यमबुद्धलाई साउथह्यारोस्थित घरको बाथरुममा झुण्डिएको अवस्थामा फेला परिएको थियो ।-

लण्डनस्थित नेपाली राजदूतावासले घटनाको पुष्टि गर्दै मृत्युको कारण पत्ता लगाउने प्रयास भइरहेको जनाएको छ ।

यमबुद्ध श्रीमतीसँग केही समयदेखि लण्डनमा थिए ।

पोष्टमार्टमपछिमात्र घटनाका बारेमा थपविवरण आउने बताएको प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ ।

-अन्नपूर्ण पोष्टबाट