मदिरा र सूर्तीजन्य पदार्थको बिक्रीमा कडाई गरिंदै

624 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

images (1)१८ वर्षभन्दा कम उमेर भएकाहरुले कुनैपनि समय मदिरा र सूर्तीजन्य पदार्थ किन्न नपाउने

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सामाजिक सुधारका लागि मदिरा र सूर्तीजन्य पदार्थको बिक्रीमा कडाई गर्न लागेको बताउनु भयो । अर्थले यस सम्बन्धी कार्यविधि तयार गरिरहेको उप्रप्रधानमन्त्रीका प्रेस संयोजक त्रिभुवन पौडेलले जानकारी दिनुभयो ।

मन्त्री महराले तयार पारेको ‘सम्मृद्ध नेपाल र दीगो आर्थिक विकासको तत्कालीन कार्ययोजना’ कार्यान्वयनको चरणमा रहेको र त्यसभित्र रक्सी र चुरोट बिक्रीमा कडाई गर्न लागिएको उहाँले जानकारी दिनुभयो । मदिरा र सुर्तीजन्य पदार्थको खुला बिक्री र उपयोगले समाजमा नकारात्मक प्रभाव परेको भन्दै सुधारका लागि यस्तो नियम ल्याउन लागिएको बताइएको छ ।