‘स्वास्नी मार्न नसकेपछि प्रहरीमा आत्मसमर्पण’

572 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,७ माघ – घरमा श्रीमती र बाल बच्चा हुंदा हुंदै अन्तरजातिय विवाह गरेर दोस्रो पत्नी भित्र्याएका धादिङ नलाङका एक युवकले आंफैले मन पराएर विहे गरेको श्रीमतीलाई मार्ने प्रयास गरेका छन ।

16194872_1269381739766851_7577989145659615622_nबिहीवार दिउँसोे श्रीमतीको हत्या गर्न नसकेको भन्दै धादिङ नलाङका रामकुमार परियारले प्रहरीमा आत्मसमर्पण गरेका हुन् । उनी हतियासहित नलाङको बैरेनी स्थित प्रहरी चौकी पुगेका थिए । चौकी पुगेर उनले भने, ‘स्वास्नी मार्न खोजेको सकिनँ, घाइते पारेर आत्मसमर्पण गर्न आएँ ।’
रामकुमारकी दोश्रो पत्नी सीता गुरुङले लामो समयदेखि आफ्नै श्रीमानबाट घरेलु हिंसा सहन परेको वताईन । श्रीमान र घर परिवारबाट पटक पटक आक्रमण हुन थालेपछि उनी पछिल्लो समय सहयात्री समाज नेपालको संरक्षण गृहमा छोरा सहित बस्दै आएकी थिइन् ।
उनी पतिसँग बस्न सक्ने अवस्था नबनेपछि सम्बन्ध विच्छेदको तयारीमा थिइन् र बिहीबार दिउँसो नलाङ गाविस कार्यालय जाने क्रममा बाटोमै पति भेटिएपछि आक्रमणमा परेकी हुन् । उनलाई उद्धार गरेर काठमाडौं पठाएको संस्था सहयात्री समाजकी कार्यकारी निर्देशक राधिका सापकोटाले भन्नुभयो, ‘हामीले लामो समयदेखि उनी र उनका छोरालाई सेफ हाउसमा राख्दै आएका थियौँ र बिहीवार पतिसँग भेटेर सम्बन्ध विच्छेदबारे छलफल गर्न जाने क्रममा बाटोमै पतिले हत्या प्रयास गरेछन् ।’
सीता गाविस कार्यालय जाने क्रममा गाउँमा भइरहेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हेर्न आएका पति रामकुमारले देख्नेबित्तिकै हसियाले प्रहार गरेका हुन् । उनले पत्नी हत्याको प्रयास गरे पनि असफल भएपछि प्रहरीमा आत्मसमर्पण गरेको स्विकार गरेका छन ।
मरणासन्न सीताको वीर अस्पतालमा उपचार हुँदैछ भने रामकुमार प्रहरी हिरासतमा छन् । उनीहरुको पाँचवर्षीय छोरा संस्थाको संरक्षणमा छ । सेनाको जागिर छाडेर बसेका रामकुमारको पहिलो पत्नी दुई सन्तानसहित माइतमै छन् । दुई बर्ष अघि पतिले झुक्याएर विवाह गरेसँगै कुटपिट गर्न थालेपछि सीता संस्थाको संरक्षण गृहमा छोरासहित बस्दै आएकी हुन् ।