कर्मचारी आवश्यकता

1780 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

प्रथम पटक प्रकाशित मिति ः २०७३।१०।१२ गते

एक्सन नेपाल २०५७ सालदेखि धादिङ लगायत अन्य जिल्लामा समेत खानेपानी सरसफाई तथा स्वास्थ्य, जिविकोपार्जन तथा पोषण, सुशासन, भौतिक निर्माणका क्षेत्रमा काम गर्दै आईरहेको गैर सरकारी संस्था हो । USAID को सहयोगमा Helen Keller International (HKI) को नेतृत्वमा Care Nepal, FHI 360, Nepali Technical Assistance Group (NTAG), Environment and Public Health Organization (ENPHO), Equal Access Nepal (EAN) / Vijay Development Resource Centre (VDRC) संगको संयुक्त सहकार्यमा  संचालित सुआहारा दोस्रो कार्यक्रम (SUAAHARA II Program) एक्सन नेपालद्वारा धादिङ जिल्लाभर संचालन हुन लागिरहेको छ । महिला तथा दुई बर्ष मुनीका बालबालिकाहरुको पोषण स्थितिमा सुधार ल्याउन, बिशेषतः घरपरिवारको पोषण,खानेपानी सरसफाई तथा घरायशी खाद्यान्न उत्पादन सम्बन्धि ब्यवहार परिबर्तनमा केन्द्रित यस कार्यक्रममा  निम्न अनुसारका कर्मचारी आवश्यकता परेको हुनाले योग्यता पुगेका नेपाली नागरिकबाट आवेदन आह्वान गरिएको छ ।
१. फिल्ड संयोजक (फिल्ड Coordinator) १ (एक) जना
जिल्ला स्थित सरोकारवालाहरुसँग समन्वय तथा सहकार्य गर्दै फिल्ड सुरभाईजरहरु मार्फत कार्यक्रमको प्रभाबकारी कार्यान्वयन गर्न सक्षम निम्न योग्यता तथा अनुगमन भएका नेपाली नागरिकले यस पदमा आवेदन गर्न सक्नेछन् ।
   शैक्षिक योग्यता र अनुभव
*   कम्तीमा स्नातक वा सो सरह उर्तीण गरेको
*  सरकारी÷गैरसरकारी संस्थामा कार्यक्रम ब्यवस्थापन, सामाजिक परिचालन, जिविकोपार्जन प्रबद्र्धन, स्वास्थ्य तथा सरसफाई खाद्य सुरक्षा तथा पोषणको क्षेत्रमा कम्तिमा ५ बर्ष काम गरेको अनुभब भएको ।
बान्छनीय योग्यता
*   समन्वय तथा व्यवस्थापन सम्बन्धि अनुभव तथा क्षमता भएको ।
*  तथ्यांक र सुचनाहरुको बिश्लेषण  गरी प्रस्तावना तथा प्रतिवेदन बनाउने सीप भएको ।
*  तालीम अन्तक्र्रिया, छलफल संचालन गर्न तथा मरामर्श दिन सक्ने ।
*  अंग्रेजी तथा नेपाली भाषामा रिपोर्ट तयार गर्न सक्ने
*  कम्प्यूटर सम्बन्धि राम्रो ज्ञानभएको (MS word, Power point ,Email and internet )

२ तथ्यांक ब्यवस्थापन अधिकृत (Data Management and Documentation Officer): १ (एक) जना
जिल्ला स्थित सरोकारवालाहरुसंग समन्वय तथा सहकार्य गर्दै फिल्ड सुरभाईजरहरु मार्फत हुने बिभिन्न कार्यक्रमहरुको अनुगमन मुल्यांकन गर्न सक्ने नेपाली नागरिकले यस पदमा आवेदन गर्न सक्नेछन् ।
     शैक्षिक योग्यता तथा अनुभव
*   कम्तीमा व्यवस्थापन तथा तथ्याङ्कशास्त्र स्नातक तह उर्तीण गरेको
*   सरकारी÷गैरसरकारी संस्थामा रही सम्बन्धित बिषयमा कम्तिमा २ बर्ष तथ्याङ्क व्यवस्थापनमा काम गरेको

बान्छनिय योग्यता
*   प्राप्त तथ्याङ्कहरुलाई बिभिन्न प्रकारको ग्राफ तथा चार्टमा प्रस्तुती र विश्लेषण गर्न सक्ने ।
*  तालिम गोष्ठी तथा रजिष्टरमा भएको तथ्याकंहरुलाई बिश्लेषण गरि प्रतिबेदन तयार गर्न सक्ने ।
*  प्रत्येक कार्यक्रमको प्रतिबेदन बनाउने शिप भएको
*   फिल्डमा गई आवश्यक अनुगमन तथा मुल्यांकन गर्न सक्ने क्षमता भएको र कम्प्यूटमा पुर्ण दख्खल भएको हुन पर्नेछ ।
नोट Online Program Management Information System र HMIS /DHIS2 सम्बन्धि ज्ञान भएकालाई उच्च ग्राहयता दिइनेछ।

३. कृषि प्राबिधिक सहायक (Agriculture Technical Assistant ) : १ (एक) जना
     शैक्षिक योग्यता तथा अनुभव ः
*  कृषि बिषयमा प्रमाणपत्र तह उतिर्ण गरि कम्तीमा २ बर्षको सम्बन्धित बिषयमा कार्य अनुभव भएको
बान्छनिय योग्यता
* कृषि तथा पशु विकास कार्यक्रम सम्बन्धि सुक्ष्म योजना तर्जुमा ,कार्यान्वयन र अनुगमन गर्ने शिप भएको
*  गाबिस तथा जिल्ला स्तरमा संचालित बहु क्षेत्रिय सामmेदारीमा कार्यक्रम कार्यान्वय र अनुगमन गर्ने शिप भएको ।
* कृषि तथा पशु बिकास क्षेत्रको पहुच बृद्धि गर्न सामाजिक परिचालन गर्न सक्ने ।
* नेपालि र अंग्रेजी बिषयमा प्रस्तावना र प्रतिबेदन लेखन गर्न सक्ने ।

४. बित्त तथा प्रशासन अधिकृत ( Finance and Admin Officer): १ (एक) जना
    शैक्षिक योग्यता तथा अनुभव ः
*  ब्यवस्थापन विषयमा कम्तिमा स्नातक उर्तिण भएको हुन पर्ने ।
*  I/NGO मा लेखा तथा प्रशासनमा २ बर्ष अनुभव भएको
बान्छनिय योग्यता
*  कम्प्यूटरमा (MS word, Power point, Email and internet) को राम्रो ज्ञान भएको ।
* FAMAS software tyf Excel Manual Accounting Software चलाउन जान्ने ।
*  अंंग्रेजी तथा नेपाली भाषामा मासिक, अर्ध वार्षिक तथा वार्षिक बित्तिय प्रगती विवरण तयार गर्न सक्ने ।
*  दैनिक अफिसियल फाइल, कोटेशन र कार्यक्रमको माईन्यूटीङ्ग गर्न सक्ने ।
*  तालिम तथा गोष्ठीहरुका लागि Logistic Management गर्न सक्ने ।
*  बार्षिक रुपमा लेखा परिक्षण सम्बन्धि ज्ञानका साथै TAX,VAT बैकिङ कार्यबिधि ,आय –ब्ययको भौचर राख्न जान्ने ।

२ः फिल्ड सुपरभाईजर (Field Supervisor ) :२० (बिस) जना
तोकिएका गाबिस र न.पा.हरुमा गई बालबालिकाहरुको स्वास्थ्य तथा पोषणको क्षेत्रमा कार्यरत स्वास्थ्य संस्थाहरु गाबिस स्तरिय स्वास्थ्य तथा सरसफाई समन्वय समिति (V-WASH_CC ) स्थानिय स्तरमा संगठित समुहहरु आदि सरोकारवालाहरुसँग मिलेर कार्यक्रमको प्रभाबकारी कार्यान्वयन गर्न सक्षम निम्म योग्यता तथा अनुभव भएका नागरिकहरुले यर पदका लागि आबेदन गर्न सक्नेछन्

शैक्षिक योग्यता तथा अनुभबः
*  अ.न.मि., सि.एम.ए., जे.टि.ए. (कृषि वा भेटनरी) कोर्ष उत्तिर्ण गरी प्रमाण पत्र तह उत्तीर्ण गरेको । वा
*  सामान्य चिकित्सा वा नर्सिङ वा कृषि भेटनरी विषयमा प्रमाणपत्र तह उत्तीर्ण । वा
*  कुनै पनि विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरी पोषणको क्षेत्रमा २ वर्षको अनुभव भएको ।

बान्छनिय योग्यता
*  तालिम गोष्ठी, छलफल संचालन गर्न तथा परामर्श दिने शिप भएको ।
*  पैरवि, सम्पर्क तथा समन्वय सम्बन्धि अनुभव तथा क्षमता भएको
*  स्थानिय तथ्यांक र सूचनाहरुको बिश्लेषण गरी प्रतिबेदन बनाउन सक्ने
*  अंग्रेजी तथा नेपाली दुबै भाषामा लेखपढ गर्न सक्ने र स्थानिय भाषा बोल्न जान्ने
(माथि उल्लेखित पदहरुका लागि पहिलो विज्ञापन भएको मितिले ७ दिन भित्र कार्यालय समयमा आवेदन दर्ता गराई सक्नु पर्नेछ ।)
आवेदनका साथ संलग्न गर्नुपर्ने कागजातहरु :
व्यक्तिगत विवरण (Biodata), नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रहरुको प्रतिलिपि, कार्यअनुभवको प्रमाणपत्रको प्रतिलिपिहरु ।
नोट : आवेदन कार्यालयमा आएर वा संस्थाको ईमेलमा पनि पठाउन सकिने छ । तर म्याद नाघी आएको आवेदनलाई मान्यता दिइने छैन । उल्लेखित सबै पदका लागि विपन्न वर्गका महिला, दलित जनजातिलाई प्राथमिकता दिइने छ ।
माथि उल्लेखित सबै पदका लागि विज्ञापनमा उल्लेखित योग्यता पुगेका आवेदकहरुबाट प्रारम्भिक छनोट (Short List) मा परेका आवेदकहरुलाई मात्र अन्य छनोट प्रक्रियामा समावेश गराईनेछ ।
उल्लेखित पदपुर्ति सम्बन्धमा संस्थाको निर्णय नै अन्तिम निर्णय हुनेछ ।

छनौट प्रकृया : लिखित तथा अन्तवार्ता, प्रस्तुतिकरण (कार्यक्रम संयोजक, तथ्याकं ब्यवस्थापन अधिकृत र बित्त तथा प्रशासक पदको हकमा कम्प्यूटमा परिक्षा लिईने छ ।)

आवेदन दिने ठेगाना
एक्सन नेपाल, नीलकण्ठ–३ सुगमटोल, धादिङ
फोन नं. ०१०–५२१०१२
इमेल – [email protected]