logo

सैनिक पोष्ट नै हिमपहिरोमा फस्यो, ६ सैनिकको मृत्यु

1027 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

srinagar-snow-759श्रीनगर (भारत), – भारत अधिनस्थ काश्मिरको हिमालय क्षेत्रमा रहेको एक सैनिक चौकी हिमपहिरोमा परी कम्तीमा ६ सैनिकको मृत्यु भएको भारतीय सैनिक स्रोतले जानकारी दिएको छ ।

हिमालय क्षेत्र काश्मिरमा भारत र पाकिस्तान छुट्टाउने सीमा रेखामा उच्चस्तरमा सैनिक तैनाथ गरेको स्थानमा सो हिमपहिरोबाट प्रभावित भएको जनाइएको छ ।

भारतीय सैनिक कर्णेल राजेश कालियाका अनुसार रातभरी आएको भीषण हिमपहिरोमा १० सैनिक पुरिएका र तीनमध्ये तीन जनाको शव फेला परेको र सात जना भने उद्धार गरिएको छ ।

कालियाका अनुसार सोही इलाकामा गएको अर्को हिमपहिरोमा परी अन्य तीन सैनिकको मृत्यु भएको छ । हिमपहिरो र पहिरो काश्मिरमा एक साधारण घटनाको रुपमा हँुदै आएको पाइन्छ । जसको कारण सीमा रेखामा रहेका भारतीय र पाकिस्तानी सैनिक ठूलो सङ्ख्यामा ज्यान गुमाउने गरेका छन् । एपी


slot deposit qris nexus slot