त्रिशूली नदी जोगाउन प्राकृतिक सम्पदा संरक्षण समितिको गठन, पृथ्वीराजमार्गमा ¥याली

1555 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

474007धादिङ, २२ माघ – धादिङ जिल्लाको विभिन्न स्थानमा रहेका खोला तथा नदीमा बढ्दै गएको अबैध उत्खनन तथा दोहन विरुद्ध नागरिक जागरण फैलाउन धादिङमा शनिवार मोटरसाईकल ¥याली निकालिएको छ ।
प्राकृतिक सम्पदा संरक्षण समितिको आयोजनामा शनिवार पृथ्वीराजमार्गको मलेखु देखी चिरौंदी सम्म जनचेतनामुलक मोटर साईकल ¥याली निकालिएको हो । ¥यालीमा स्थानीयवासीको उत्साहजनक सहभागिता रहेको थियो ।
प्राकृतिक सम्पदाको संरक्षण एवम पर्यावरण,संस्कृति,पर्यटन र सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि अभियान संचालन गर्न शनिवार धादिङको मलेखुमा श्रवण त्रिपाठीको संयोजकत्वमा २१ सदस्यिय प्राकृतिक सम्पदा संरक्षण समितिको गठन गरिएको छ । समितिको सदस्यहरुमा सञ्जय त्रिपाठी, उद्धव कंडेल,गोपी सिल्वाल, बिदुर कँडेल, विदुर त्रिपाठी, प्रमोदकुमार सिलवाल,भुमि कँडेल, सुधिरकुमार वराकोटी, दिनेश कंडेल लगायत रहेका छन ।
शनिवार मलेखुमा सम्पन्न भएको भेलाले गठन गरेको समितिको सल्लाहकारमा पत्रकार देवप्रकाश त्रिपाठी, त्रिशूली बचाउ अभियानका संयोजक उत्तम कंडेलका साथै अभियानकर्मीहरु शिवप्रसाद पाण्डे,देवी लोहनी,अधिबक्ता रामहरी त्रिपाठी, एकराज पाण्डे,राजकुमार पाण्डे,राजकुमार त्रिपाठी, तिर्थ सिल्वाल,रमेश कंडेल र कृष्णप्रसाद त्रिपाठी रहेका छन ।
समितिले प्राकृतिक श्रोत अतिक्रमण,नदी तथा खोलामा हुने दोहन रोक्न जिल्लादेखी सरकारको समेत ध्यानाकर्षण गराउन दवाव अभियान संचालन गर्ने वताएको छ । केही बर्ष अघि सम्म कन्चन देखिने त्रिशूली अहिले सदावहार धमिलो देखिनुका साथै नदीको धार्मिक तथा साँस्कृतिक महत्वका क्षेत्रहरु मासिंदै गएको स्थानीयको चिन्ता छ । नदीबाट अबैध रुपमा बालुवा र ढुंगाको उत्खनन हुने कार्य बढ्दै गएपनि रोकथामका लागि सरकारी निकायले चासो नदेखाएको समितिका संयोजक त्रिपाठीले वताउनु भयो ।
फोटो फिचर

474005 474004 474003 474015 474014  474010  474012  474008 474007 474006 474002 474001 474007