बच्चा नभएपछि अस्पतालबाट शिशु चोरी

579 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

?

वीरगन्ज- वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रसुती वार्डबाट शुक्रवार दिउँसो २ बजे हराएको नवजात शिशु पर्साको बेल्वाबाट भेंटिएको छ । बजार टोल छप्कैया –१ वीरगन्जका वीरगन्जका मुकेश पासवान की श्रीमति आशा देवीले शुक्रवार बिहान ११ बजेर ४० मा जन्माएको बच्चा अस्पतालको प्रसुति वार्डबाट केही बेरमै गायब भएको थियो।

घट्नापछि आक्रोशित परिवारजन र स्थानीयले बच्चा खोजेर फेला पार्ने दबाव दिदै शनिवार नारायणी उपक्षेत्री अस्पताल अगाडी टायर बालेर प्रदर्शन सुरु गरेपछि ३ दिनभित्र बच्चा खोज्ने प्रहरीले वाचा गरेको थियो । आइतवार बिहान पर्साको बेल्वा –९ मा बच्चा रहेको सूचना पाएपछि गएका प्रहरी उपरीक्षक साहले मिलनचोकमा घर भएका विन्देश्वर साहको घरबाट फेला पारेका थिए । प्रहरीका अनुसार साहकी छोरी लालसा देवीले शिशुलाई अस्पतालबाट लगेकी थिएन् । शिशुलाई प्रहरीले उसको आमा र परिवारको जिम्मा लगाएको छ । यसैविच जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरेर लालसादेवीलाई सार्वजनिक गरेको छ । आरोपित लालसाको मुखमा मुक्ण्डो लगाइएको थियो । उनी निकै डराएकी थिइन् ।

प्रहरी उपरीक्षक साहका अनुसार आरोपित महिलाको पाँच साल अगाडी बिहे भएर पनि बच्चा हुन नसकेको पृष्ठभुमी छ । ‘प्रारम्भीक रुपमा बुझिए अनुसार बच्चा पाउन चाहेको तर बच्चा हुन नसकेकी महिला हुन्,’ साहले भने, ‘अस्पतालमा आफन्त जस्तो ब्यवहार प्रदर्शन गरेर मौका हेरेर उनी बच्चा लिएर निस्केकी थिइन् ।’ घट्नामा अस्पतालकै कसैको संलग्नता भए नभएको बारे पनि बुझ्ने काम भइरहेको मध्यक्षेत्रका डिआइजी पशुपति उपाध्यायको उपस्थितीमा जिल्ल प्रहरी कार्यालयभित्र गरिएको पत्रकार सम्मेलनमा उनले बताए । उनले अनुसन्धानपछि अरु कुरा खुल्ने बताए ।

अस्पतालको एनआइसियु (बाल सघन उपचारकक्ष)मा राखिएको छ । जन्मदै स्वास्थ्य कमजोर रहेको शिशु २ दिन चिकित्सकीय रेखदेखभन्दा बाहिर रहेकोले तुरुन्तै ‘एनआइसियु’ भति गर्नु परेको बारोग बिशेषज्ञ चिकित्सक शैलेस ठाकुरले बताए । उनका अनुसार शिशुको स्वास्थ्य अवस्था चिन्ताजनक छैन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चित्तरञ्जन साहले अब यस्ता वा कुनै पनि किसिमको असूरक्षाका घट्ना हुन नदिन सिसि क्यामरा दुरुस्त पारिसकिएको र पालेहरु राख्ने लगायत काम गर्न थालिएको बताए। हराएको बच्चा फिर्ता पाएपछि परिवारजनमा भने खुसियाली देखियो। ‘हामीले आशा गुमाएका थियौं, अहिले बच्चा फिर्ता आएपछि धेरै खुसी छौं,’ शिशुका बाबु मुकेश पासवानले भने यो खबर हामीले नागरिक दैनिकबाट लिएका हौं ।

-२०७३ माघ २४ गते विहान ६.३७ मा प्रकाशित