कतारमा २२ जना नेपाली अलपत्र

595 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

16406581_358189971229012_4235567656542821201_n-05022017052422-1000x0

पीडितहरुले उद्दारका लागि नेपाली दुताबाससहित कतारको सम्बन्धित निकायमा पुगे पनि सुनुवाई हुन नसकेको बताए । उनीहरु आठ महिनाअघि कतार पुगेका थिए । उनीहरु टिम वर्करियल स्टेस कम्पनीमा कार्यरत थिए । तलब नदिई कम्पनी सञ्चालक सम्पर्कबिहीन भएपछि उनीहरुलाई खाना समेत अभाव हुन थालेको छ ।

अलपत्र पर्ने नेपाली कामदारमा चितवनका कृष्ण प्रसाद ढकाल, बुटवलका रवि खत्री, रुपन्देहीका  हरिनारायण थारू र सफिक महमद फगिर, स्याङ्जाका रिगबहादुर गुरुङ, दैलेखका कुमार राजु शाही,  मोरङका बिनोदकुमार, डगलसिंह लिम्बु, बिमल धामी थारु र अरबिन चौधरी, नवलपरासीका राजेश, धनुषाका मोगेन्द्र महरा, सुरजकुमार राई, बोएलाल मण्डल र राम मगत गोटिया, महोत्तरीका नसोम, कैलालीका नारायण चौधरी, सुनसरीका प्रेम प्रकाश चौधरी, ताप्लेजुङका फुर्वा शेर्पा, दाङका यज्ञबहादुर केसी, सर्लाहीका सदाम हुसेन र सप्तरीका सुरेशकुमार चौधरी छन् ।

कम्पनीले पीडित कामदारको आवासीय भिसासमेत लगाइदिएको छैन । पीडित कामदारहरु स्वदेश पठाइदिनको लागि कतारको खोज अनुसन्धान केन्द्रमा समेत पुगेका थिए । ‘केन्द्रले टिकट लिएर आउन भनेको छ । हामीसँग टिकट छैन,’ सप्तरीका चौधरीले भने,‘टिकट जुटाउने प्रयास भइरहेको छ ।’
कम्पनीका ब्यवस्थापकले तलब र टिकट दिन्छु भन्दै हातमा राहदानी दिएर सम्पर्क बिहीन भएका छन् । अलपत्र अधिकांश कामदार इभ नेपाल अाेभरसिजबाट गएका थिए यो खबर हामीले कान्तिपुर दैनिकबाट लिएका हौं ।

-२०७३ माघ २४ गते विहान ६.४९ मा प्रकाशित