२ वटा मोटरसाइकलको ठक्करबाट कुरिनटारमा पैदल यात्रुको ज्यान गयो

715 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

16473249_1386419571404784_30038578990529557_n 16602983_1386419554738119_7766669805227788273_n

माघ २७, चितवन- पृथ्वी राजमार्ग अन्तरगत कुरिनटारमा २ वटा मोटर साइकलको ठक्करबाट एक पैदल यात्रीको ज्यान गएको छ भने मोटर साइकलमा सवार २ जना गम्भीर घाइते भएका छन् । बुधबार बेलुकी ६ः३० बजेको समयमा मुग्लिनबाट काठमाण्डौ जादै गरेको ग८प ६५६७ र ग९प ५३५१ नम्बरको मोटरसाइकलले पालैपालो ठक्कर दिदा पैदल यात्रीको उपचार गर्न लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनमा परी मृत्यु हुनेमा चितवनको दारेचोक ३ निवासी वर्ष २५ को पुर्ण बहादुर चेपाङ रहेको छ भने घाइते हुनेहरुमा मोटरसाइकल चालक चितवनको दारेचोक ३ बस्ने वर्ष १८ को जापान मगर र दारेचोक ३ कुरिनटार बस्ने वर्ष २५ को सुसन उप्रेती रहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक योगेन्द्र हमालले जानकारी दिनुभएको छ । 
अहिले घाइतेहरुलाई उपचारको लागि काठमाण्डौ लगिएको छ भने दुर्घटनामा परेको मोटरसाइकल र अर्का मोटरसाइकल चालक इलाका प्रहरी कार्यालय मुग्लिनले आफ्नो नियन्त्रणमा लिएको छ । प्रहरीले आफ्नो हिरासतमा राखेका मोटरसाइलक चालक भारतको मोतिहारी घर भई कुरिनटारमा मोटरसाइकल वर्क शप सञ्चालन गर्दै आएका सुरेस पण्डितको अवस्था भने सामान्य रहेको जनाएको छ ।

तस्बिर सौजन्य : विनोद श्रेष्ठ /मुग्लिन