औषधिमा उपभोक्ता ठगिदै,१५ गुनाभन्दा महँगो मूल्य तिर्न बाध्य

869 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

medicine_pillsकाठमाडौं । मुलुकमा बन्ने र विदेशबाट आयात गरिने औषधि उत्पादन मूल्यको दाँजोमा १५ गुना बढी मूल्यसम्ममा बिक्री हुने गरेका छन् ।

औषधिको लागत मूल्यमा कति प्रतिशतम्म थपेर उपभोक्ताका लागि अधिकतम खुद्रा मूल्यमा निर्धारण गर्ने भन्नेबारे कुनै कानुनी व्यवस्था नभएकाले यस्तो मनोमानी भएको हो । उत्पादक र सप्लायर्सले बढी मूल्यमा औषधि बेच्दा उपभोक्ता चर्को ठगीमा परेका छन् । ‘औषधि लागत मूल्यको दाँजोमा अधिकतम १५ गुनासम्म बढी मूल्य तिर्न सर्वसाधारण बाध्य छन्,’ नेपाल फार्मेसी काउन्सिलका अध्यक्ष एवं उपभोक्ताकर्मी बाबुराम हुमागाईंले भने । उनले सरकारले औषधिको उचित मूल्य निर्धारण गर्न चासो नदिएकाले मानव स्वास्थ्यका लागि अपरिहार्य औषधिमा उपभोक्ता मारमा परेका हुन् ।

हुमागाईंका अनुसार रत्तःचापको औषधि ‘एम्लोडिपन’ ५ मिलिग्रामको एक चक्कीको उत्पादन मूल्य १५ देखि २० पैसा पर्छ, तर करिब ५ रुपैयाँमा बेचिने गरेको छ । उत्पादकले मुलुकमा होलसेलरलाई औषधिको कमिसन ५ देखि २५ प्रतिशतसम्म र रिटेलरलाई १६ प्रतिशत दिने व्यवस्था भए पनि ‘टेबलमुनिबाट बोनस’ लगायत दुई सय प्रतिशतभन्दा पनि बढीसम्म कमिसन दिइन्छ । ‘इन्सेन्टिभ (प्रोत्साहन)का नाममा औषधि प्रस्तावित गर्ने र बिक्री गर्नेलाई विभिन्न अफर (प्रस्ताव) समेत दिइन्छ, ’ उनले भने ।

औषधि प्रस्तावित गर्ने चिकित्सक, होलसेलर र रिटेलर बिक्रेतालाई कम्पनीले कारसमेत दिने गर्छन । आजको कान्तिपुर दैनिकमा समाचार छ ।