नीलकण्ठ क्याम्पसमा छात्रा मैत्री सामग्री हस्तान्तरण

560 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

20170213_084607धादिङको सदरमुकाममा रहेको नीलकण्ठ बहुमुखी क्याम्पसमा पढ्दै गरेका छात्राहरुको संगठन नीलकण्ठ क्याम्पस छात्रा इकाईले सोमबार क्याम्पसलाई छात्रामैत्री सामग्रीहरु हस्तान्तरण एवम् विभिन्न साँकृतिक कार्यक्रम गरेको छ ।
क्याम्पसका छात्राहरुले महिनावारी हुँदा भोगेका समस्याहरुलाई मध्यनजर गर्दै क्याम्पसलाई सेनेटरी प्याड, ड्स्मिन, प्राथमिक उपचार व्याग लगायतका सामग्रीहरु वितरण गरेको छ । कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथी तथा नीलकण्ठ बहुमुखी क्याम्पसका प्रमुख नवराज शर्माले कलेजमा विभिन्न कार्यक्रमहरु हुने गरेको भएपनि यस्तो कार्यक्रम क्याम्पसको ईतिहासमै पहिलोपटक भएको भन्दै प्रसंसा गनुभयो । कार्यक्रमको उद्देश्यबारे प्रस्ट पार्दै कार्यक्रमका सभापति शिखा श्रेष्ठले महिलाको बाहुल्यता भएको उक्त क्याम्पसमा महिलामैन्त्री कार्यक्रमहरुलाई प्रथामिकता दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा विद्यार्थीहरुको विभिन्न साँस्कृतिक प्रस्तुतीहरु समेत प्रस्तुत गरिएको थियो । नेपाल विद्यार्थी संघ नीलकण्ठ बहुमुखी क्याम्पस छात्रा ईकाइको आयोजनामा छात्रामैत्री सामग्रीहरु हस्तान्तरण गरेको हो । कार्यक्रममा क्याम्पसका विद्यार्थीहरु तथा शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो  ।