अन्सारी सद्भावनाको केन्द्रिय सदस्यमा मनोनित

1301 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

16730807_1469757706375800_447737112_n

जिबिएस/सिआईडिपि प्रतिष्ठान नेपालका संस्थापक नसीम अन्सारी नेपाल सद्भावना पार्टी, आनन्दिदेवीको केन्द्रिय सदस्य पदमा मनोनयन हुनु भएको छ। गत फाल्गुन १ गतेको पार्टीको केन्द्रिय समितिको बैठकबाट अन्सारीलाई केन्द्रिय सदस्यमा मनोनयन गरिएको महासचिव राजिब झाद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ।

विगत ५ वर्षदेखी जिबिएस /सिआईडिपि प्रतिष्ठान, नेपाल नामक संस्था मार्फत समाजसेवा गरिरहनु भएका अन्सारीसँग मातृभूमीका लागि युवा अभियान मार्फत युवा पुस्ता बिच विभिन्न जनचेतनामुलक कार्यक्रम सन्चालन गरेको अनुभव समेत छ ।

हामीसँगको भेटमा अन्सारीजीले नेपालका सबै राजनैतीक नेताहरु भारतमुखी भैरहेको अवस्थामा अमेरिकाबाट फर्केर देश र जनताको सेवा गर्ने र एक सच्चा देशभक्त र इमान्दार नेता बन्ने बताउनु भयो । बारा कलैयाका नसिम अन्सारी हाल संयुक्त राज्य अमेरिकाको केन्टकी राज्यमा विगत ३ वर्षदेखी बस्दै आइरहनु भएको छ।

12507294_1283406568343562_6189275421253122074_n