logo

संसारकै अग्लो उच्च बाँध खतरामा, १ लाख ८० हजार विस्थापित

764 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

dam_California

क्यालिफोर्निया-अमेरिकाको उत्तरी क्यालिफोर्नियामा रहेको संसारकै अग्लो ओरोभिल बाँध फुट्ने खतरा बढेपछि करिब १ लाख ८० हजारलाई अन्यत्रै सारिएको छ । भारी वर्षाका कारण क्यालिफोर्नियामा रहेको सो बाँधमा पानीको मात्रा बढी भएको र पुरानो बाँध कमजोर भएको अधिकारीहरूले जनाएका छन् ।

अधिकारीहरूले पानी भरिएपछि ७ सय ७० फिट अग्लो ओरोभिल बाँधको तटबन्ध फुट्ने खतरा पैदा भएको उल्लेख गरेका छन् । पानीका कारण बाँधमा खतरा उत्पन्न भएपछि आपत्कालीन ढोका खोलेर पानी बाहिर पठाइएको छ । अहिले पानीको ओभरफ्लो बन्द भएको जनाइएको छ ।

क्यालिफोर्नियामा केही वर्षदेखि सुक्खा पर्दै आएको छ । तर, यस वर्ष भने वर्षा र हिमपातका कारण जलाशयमा पानीको सतह बढेको छ । पछिल्लो ५० वर्षमा यो तालमा यस्तो आपत्कालीन अवस्थाको घोषणा गरिएको यो पहिलो घटना हो । क्यालिफोर्नियाको जल संसाधन विभागले तालबाट क्युबिक फिट प्रतिसेकेन्ड पानी छोडिएको जनाएको छ ।

प्रशासनले जलस्तर कम भइरहेको र आपत्कालका लागि जलाशयमा पानीको स्तर खतराको संकेतभन्दा चार इन्च कम भइरहेको जनाएको छ । इन्जिनियरले जलाशयको कंक्रिटको एक हिस्सा बगेको देखेपछि पानी आपत्कालीन ढोकाबाट खोलिएको थियो ।

सो तालमा उत्पन्न खतराका कारण तालको दक्षिण क्षेत्रमा रहेका १६ हजार जनतालाई तालभन्दा उत्तरतिरको सुरक्षित स्थानमा जान भनिएको हो ।

गत साता बाँधको एक भाग भत्किएको पाइएपछि शुक्रबार क्यालिफोर्नियाका गभर्नर जेरी ब्राउनले फेडेरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सीलाई आपत्कालीन अवस्थाको घोषणा गर्न आदेश दिएका थिए ।

सो बाँधमा यसरी पानीको मात्रा बढी भएर आपत्कालीन अवस्थाको घोषणा गर्नुपरेको यो सन् १९६८ पछिको पहिलो घटना हो । निकै पुरानो भएका कारण बाँध कमजोर बनेका अधिकारीहरूले जनाएका छन् ।


slot deposit qris nexus slot