योजना सम्झौता गर्ने सम्बन्धी सूचना

688 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

जिल्ला विकास समितिको कार्यालय, धादिङ
चालु आ.ब.२०७३÷७४ मा कार्यान्वयन हुने गरी स्वीकृत भएका सवै बजेट शिर्षक अन्तर्गतका योजनाहरु कार्यान्वयन समयमै गर्न संसदको विकास समितिबाट भएको निर्देशन एवं जिल्ला स्थित राजनैतिक दलहरु सहितको मिति २०७३÷१०÷२४ गतेको बैठकबाट उपभोक्ता समितिहरुसंग सम्झौता गर्ने म्याद अन्तिम पटकको लागि २०७३ फाल्गुण मसान्त सम्म र आयोजनाको भुक्तानी २०७४ जेष्ठ मसान्त सम्म मात्र गर्ने निर्णय भएकोले हाल सम्म पनि सम्झौता नभएका योजनाका उपभोक्ताहरुलाई उक्त समय भित्र नियमानुसार उपभोक्ता समिति गठन गरी गाविसको सिफारीस सहित योजना सम्झौता गर्न आउन हुन सूचित गराईन्छ । साथै आर्थिक वर्षको अन्त्यतिर मात्र योजनाहरुको कार्यान्वयन गर्ने परिपाटीलाई निरुत्साहित गर्ने जिल्ला विकास समितिको नीति अनुरुप सम्झौता भएका योजनाहरुको कार्यान्वयन सिघ्र रुपमा सम्पन्न गरी समयमै भुक्तानीको लागि पेश गर्न समेत सवै उपभोक्ता समितिहरुलाई अनुरोध गरिन्छ । तोकिएको समयमा सम्झौता नभएका योजनाहरु र सम्झौता अवधि भित्र कार्य सम्पन्न नगर्ने योजनाहरुको भुक्तानी दिन जिल्ला विकास समिति बाध्य नहुने व्यहोरा समेत यसै सूचनाद्धारा जानकारी गराईन्छ ।
                              जिल्ला विकास समितिको कार्यालय, धादिङ