चार लाख पुरस्कारको महिला क्रिकेट वैशाखमा

91 पटक पढिएको

प्रकाशित मिति: ८ फाल्गुन २०७३, आईतवार ०७:२१

सम्पादक: Dhading News

women-cricket-teamधनगढी :कैलालीको अत्तरियामा आगामी वैशाख १४ गतेदेखि देशकै सर्वाधिक धनराशिको महिला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।

अत्तरिया युनाइटेड स्पोर्टर्स क्लबको आयोजनामा महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको हो । प्रतियोगितामा झन्डै रु चार लाखभन्दा बढी नगद पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ ।

पुरुष क्रिकेटले आशातीत सफलता हासिल गर्दै गएको अवस्थामा महिला क्रिकेटको स्तर समेत बढाउनका लागि देशमै सर्वाधिक धनराशिको महिला क्रिकेट प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष रवि खनालले वातए ।

प्रतियोगिताका विजेताले रु दुई लाख र उपविजेताले रु एक लाख पुरस्कार पाउने छन् । यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई रु २५ हजार तथा उत्कृष्ट ब्याट्स ओमन, उत्कृष्ट बलर र उत्कृष्ट किपरलाई जनही रु १०–१० हजार र प्रत्येक खेलका ‘ओमन अफ द म्याच’लाई रु तीन हजार पुरस्कार दिइनेछ । रासस


८ फाल्गुन २०७३, आईतवार ०७:२१ मा प्रकाशित

समाचार

सबै

अमेरिकाको न्यूयोर्कमा डम्फु साँझ, घन्कियो म्हेन्दोमाया

अमेरिका-२८५४ औँ खि सोनम ल्होसारको अवसरमा तामाङ सोसाइटी अफ अमेरिका तामाङ सोसाइटी अफ अमेरिका ( टिएसए ) द्धारा डम्फु साँझ कार्यक्रम सम्पन्न भएको छ । अमेरिकामा पहिलोपटक पश्चिमी तामाङ संस्कृति म्हेन्दोमाया.....

साक्षरताको नाममा नाटक मञ्चन ,पूर्ण साक्षर जिल्ला धादिङमा ल्याप्चे नै ल्याप्चे

धादिङ माघ २,  । चार बर्ष अघि धादिङ जिल्लालाई निकै तामझामका साथ पूर्ण साक्षर जिल्ला घोषणा गरियो । साक्षर जिल्ला.....

बिद्यालयमा सडक सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रम

 सुरक्षित र दिगो यात्रा नेपालको आयोजनामा  नुवाकोटको बेल्कोटगढी नगरपालिका-५ , कोल्पुटार स्थित  महादेव मा.वि. मा.....

वर्षैभरि धमिलो बग्छ त्रिशूली नदी

 धादिङ-लामो समयदेखि हुँदै आएको त्रिशूली नदीको अतिक्रमण रोकिएको छैन । सम्बन्धित निकायले अतिक्रमण.....

धादिङ–काठमाण्डौं अब डिलक्स बसमा सरर

  धादिङ । समयमै गन्तव्यमा पुग्ने लक्ष्य राखेपनि आंफु चढेको बस छिन छिनमै ठाउँ ठाउँमा रोक्दै यात्रु चढाउँदै र.....