शान्तविक्रम बानियाँ प्याब्सनको प्रदेश नं ३ को उपाध्यक्ष निर्वाचित

586 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

16831869_10210345281280935_2543005487371696505_nफाल्गुन ११, २०७३- निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)को अध्यक्षमा विजय सम्बाहाम्फे निर्वाचित भएका छन् ।

काठमाडौंमा भएको १३ औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षका प्रत्यासी टिकाराम पुरीलाई पराजित गर्दै सम्बाहाम्फे निर्वाचित भएका हुन् । सम्बाहाम्फेले ८७१ मत पाए भने पुरीले ७५१ मत पाए ।
सम्बाहाम्फे यसअघि वरिष्ठ उपाध्यक्ष थिए ।

कोषाध्यक्षमा टंक भट्टराई, सचिवमा मधु लोहनीसहित केही पदमा पुरी समूहका निर्वाचित भए भने वरिष्ठ उपाध्यक्ष डीके ढुंगाना, महासचिव राजेन्द्र बानियाँसहितका पदमा सम्बाहाम्फे प्यानल निर्वाचित भएको छ ।

महाधिवेशनले एक अध्यक्षसहित एक वरिष्ठ उपाध्यक्ष, १४ उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव, चार सचिव, एक कोषाध्यक्ष, दुई सहकोषाध्यक्षसहित ६८ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ ।

        16832406_1007932852642064_57270824111765402_nअधिवेशनमा धादिङका शान्तविक्रम बानियाँ प्रदेश नं ३ को उपाध्यक्षमा,  बैरेनीका पुरुषोत्तम अधिकारी केन्द्रिय सदस्यमा निर्वाचित भएका छन ।बानियाँ धादिङ बेसीमा रहेको चिल्ड्रेपार्कआवासीय माध्यमिक बिद्यालयका संस्थापक हुन भने सीपी कलेजका अध्यक्ष समेत छन् । अधिकारी सक्सेस एकेडेमी बैरेनीका संचालक हुन ।
वानियाँले यसअघि प्याव्सनको केन्द्रिय सदस्य र दुई कार्यकाल धादिङको अध्यक्ष भएर काम गरिसकेका छन ।