पत्रकार रामेश्वर कार्कीलाई पुत्र शोक

539 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 16939328_1211829502249662_7454488122195544613_nकाठमाडौं । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं अर्थतन्त्र डटकम अनलाइनका प्रधान सम्पादक रामेश्वर कार्कीलाई पुत्र शोक परेको छ । शुक्रबार बेलुका धादिङबाट काठमाडौ फर्किने क्रममा काठमाडौको बाफलमा बाटो काट्ने क्रममा प्रधानसम्पादक कार्की, कार्कीकी श्रीमति सुभद्रा र उनको १० महिनाको छोरा सुलभलाई पानी ट्याँकरले ठक्कर दिएको थियो । ठक्करपछि कार्कीले काखमा बोकेको १० महिनाको कान्छाछोरा सुलभ भुईंमा पछारिन पुगेका थिए । दुर्घटना लगत्तै तीनैजनालाई मनमोहन मेमोरियल अस्पताल, स्वयम्भूमा उपचार गरिएको थियो । त्यसक्रममा छोरा शुलभलाई थप उपचार गराउन राति नै अन्तर्राष्ट्रिय बालमैत्री अस्पताल पुर्याईएको थियो । तर उपचारकैक्रममा शनिवार बिहान छोरा सुलभको निधन भएको थियो । ठक्कर दिने बा ३ ख ३००६ नम्बरको पानी ट्याँकर प्रहरी नियन्त्रणमा छ ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेलाई पितृ शोक परेको छ । गाउँलेका बुवा देवीप्रसाद कोइरालाको शनिबार बिहान ललितपुरको सुमेरु अस्पतालमा उपचारको क्रममा निधन भएको छ । उहाँको शनिबारनै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।