धादिङमा तीन वटा क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

870 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

16997838_1584594991597619_6058101600327028027_nधादिङ १४ फाल्गुन : शनिवार सम्पन्न भएको स्वतन्त्र बिद्यार्थी युनियनको पहिलो चरणको चुनावको नतिजा सार्वजनिक भएको छ ।   धादिङ जिल्लाका ३ वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको छ । शनिबार सम्पन्न पहिलो चरणको निर्वाचनमा सदरमुकामस्थित नीलकण्ठ बहुमुखी क्याम्पस र नौविसेस्थित मछिन्द्र क्याम्पसमा नेविसंघ र अखिल (क्रान्तिकारी) को गठबन्धन विजयी भएको छ । त्यसैगरी गजुरीस्थित आदर्श बहुमुखी क्याम्पसमा अनेरास्ववियुले जित हासिल गरेको छ ।

नीलकण्ठमा ५ सय ५७ मत खसेकामा सरोज पाण्डे ४ सय ११ मत ल्याएर अध्यक्ष भएका छन् । सचिवमा नेविसंघका दुर्गा श्रेष्ठ, कोषाध्यक्षमा अखिल क्रान्तिकारीका गजेन्द्र गुरुङ विजयी भएका छन् । त्यस्तै सदस्य पदमा नेविसंघका शिखा श्रेष्ठ, महेन्द्र तामाङ, कविराज श्रेष्ठ, वसन्ती गुरुङ र अखिल क्रान्तिकारीका उमेश लामिछाने विजयी भए । सभापति पदका लागि अनेरास्ववियुबाट जितबहादुर नेपाली र नयाँशक्ति विद्यार्थी युनियनबाट फिलेमोन तामाङ सभापतिका लागि प्रतिस्पर्धामा थिए ।

गजुरीस्थित आर्दश बहुमुखी क्याम्पसमा अनेरास्ववियुका रुपक गिरी सभापति निर्वाचित भएका छन् । उनले ८२ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका सुस्मिता तामाङले ५८ मत ल्याइन् । सचिवमा मानव तामाङ, कोषाध्यक्षमा कल्पना सुवेदी निर्वाचित भए । त्यस्तै सदस्यमा ठूलमाया उपरकोट्टी, सुजना खनाल, इच्छा सुवेदी, सिर्जना खतिवडा विजयी भए । समानुपातिकतर्फ शर्मिला श्रेष्ठ र विश्वास खरेल चुनिए ।

मछिन्द्र बहुमुखी क्याम्पसमा नेविसंघका प्रदीप गिरी अध्यक्ष र विनोद आचार्य सचिव तथा एलिस पाठक कोषाध्यक्ष निर्वाचित भएका छन् ।