logo

ह्वाइट हाउसको पत्रकार सम्मेलनबाट निकालियो पत्रकारलाई

756 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Trump1-7-563x375

एजेन्सी । अमेरिकी राष्ट्रपतिच डोनाल्ड ट्रम्पले पुनः सञ्चारमाध्यमसँग निशाना साँधेका छन् । मेरिल्याण्डमा कन्जरभेटिभ पोलिटिकल एक्सन कंग्रेसमा दिएको भाषणको सुरुमै उनले १३ मिनेटसम्म मीडियाको आलोचना गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ट्रम्पले अपुष्ट सुत्रको हवालाबाट समाचार दिने मिडियाको आलोचना गरे । ट्रम्पले सञ्चारमाध्यममाथि लगातार प्रहार गर्न थालेपछि सञ्चारमाध्यम र ट्रम्पबीच मीडियाको सम्बन्धमा नयाँ टकराव देखिएको छ ।

ह्वाइट हाउसमा ट्रम्पका प्रवक्ता सन स्पाइसरले गरेको पत्रकार सम्मेलनमा बीबीसी, द न्युयोर्क टाइम्स र सीएनएनजस्ता सञ्चारमाध्यमका पत्रकारलाई प्रवेश गर्न दिइएन । पत्रकारलाई भित्र जान नदिनुको कारण भने बताइएको छैन ।

सबै पत्रकारलाई भित्र प्रवेश गर्न नदिइएपछि एसोसिएटेड प्रेस (एपी) र टाइम म्यागाजिनका पत्रकारले समेत सम्मेलन बहिस्कार गरेका थिए । द न्युयोर्क टाइम्सका सम्पादक डीन बेक्वेले पत्रिकाको इतिहासमा यस्तो घटना पहिलो भएको बताएका छन् ।


slot deposit qris nexus slot