दुईवटा भूकम्पको धक्का

412 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 काठमाडौं -सोमबार बिहान  राजधानी काठमाण्डौं र आसपासका जिल्लाहरुमा लगातार दुई वटा भूकम्पका धक्का महशुस गरिएको छ ।

रामेछापलाई केन्द्रबिन्दु बनाएर ४५ मिनेटको अन्तरमा गएका दुईवटा धक्का मध्ये पहिलो ९ बजेर २३ मिनेटमा कम्पन महसुस भएको हो भने दोस्रो १० बजेर ६ मिनेटमा महशुस भएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पहिलो धक्का ४.६ र दोस्रो धक्का ४.७ रेक्टर स्केलको भएको जनाएको छ ।

धेरैदिनपछि आएको भूकम्पको धक्काका कारण दुबैपटक मानिसहरु त्रसित  भएपनि यसले कुनै भौतिक तथा मानवीय क्षति भएको जानकारी अहिलेसम्म प्राप्त भएको छैन् ।