फराकिलो हुँदैछ, पासाङ्लामु राजमार्ग

563 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

5काठमाडौं । त्रिशुली जलविद्युत आयोजना निर्माणका लागि भारतीय सरकारको सहयोगमा २०१७ सालमा निर्माण गरिएको पासाङ्लाम ५६ वर्षपछि फराकिलो बनाउने काम सुरु भएको छ ।

त्रिशुली जलविद्युत आयोजनाको साथै नुवाकोट र रसुवा जोड्न निर्माण भएको यो सडक पछिल्लो समय जिर्ण बन्दै गएको थियो । काठमाडौंदेखि त्रिशुलीसम्मको ७० किलोमिटर लामो यो सडकखण्ड २ लेनको बनाउने काम धमाधम भईरहेको छ ।

यो सडक विस्तारले नुवाकोट क्षेत्र नम्बर १ का १२ गाविस छिचोल्दै विदुर नगरपालिका प्रवेस गर्छ । नेपाल र चीनबीचको सबैभन्दा ठूलो नाकाको रुपमा स्थापित हुन लागेको केरुङ र काठमाडौं जोड्न यो सडक विकल्पको रुपमा प्रयोग गर्न सकिन्छ ।

अहिले प्रयोग हुँदै आएको गल्छी भन्दा केरुङ जोड्न यो सडक १० किलोमिटर छोटो पर्छ ।