विवाहनै नगरी यौनसम्पर्क गरेको भन्दै, चार जोडीलाई रामधुलाई

672 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ -मुस्लिमबहुल राष्ट्र इन्डोनेसियामा विवाहपूर्व यौनसम्वन्ध राखेको आरोपमा चार युवा जोडीहरुलाई मुर्छा परेर ढलुञ्जेल पिटिएको छ ।

1122121212

333333333

 

गाउँ(समाजले नभएर स्थानीय विधायकहरुले उनीहरुलाई सार्वजनिक स्थानमा बर्बरतापूर्वक लाठी वर्साएका हुन् । इन्डोनेसियाको शरिया कानूनले विवाह नगरेका जोडीलाई यौनसम्वन्ध राख्न कडा प्रतिवन्ध लगाएको छ । यो कानूनको उल्लंघन गरेको आरोपमा एकेह भन्ने प्रान्तमा ८ जनालाई पिटिएको हो ।

2222222222222

इन्डोनेसियाममा शरिया कानूनलाई पूर्णरुपमा लागू गर्ने यो एक मात्र प्रान्त हो । प्रान्तीय राजधानी बान्दा एकेहमा एउटा मस्जिदबाहिर बनाइएको मञ्चमा मानिसहरुको भिडमाझ उनीहरुलाई पिट्ने धार्मिक अधिकारीहरुले टाउकोदेखि पैतालासम्म ढाक्ने खुकुलो वस्त्र लगाएका थिए । पिटिदा पिटिदै २७ वषिर्य हेरिजल बिन युनुस बेहोस भएर ढले ।

उनलाई धार्मिक प्रहरीहरुले बोकेर बाहिर निकाले । त्यसपछि उनलाई डाक्टरकहाँ लगेर परिक्षण गराइयो । डाक्टरले उनको अवस्था ठीकै रहेको जानकारी दिएपछि पुन मञ्चमा ल्याएर १४ लाठी पिटिएको थियो ।
इन्डोनेसियाको २५ करोड ५० लाख जनसंख्यामध्ये ९० प्रतिशतभन्दा बढि मुस्लिम छन् र उनीहरुमध्ये अधिकतरले यस धर्मलाई नरमरुपमा आत्मसात गर्छन् टिभि अन्नपूर्ण अनलाइनले खबर लेखेको छ ।