पुुरुष गर्भवती भएर हिँडेपछि…

658 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

pregnancy-gestatio-620x330जापानमा गर्भवती महिलाहरुका लागि अनौठो जागरुकता अभियान संचालन भएको छ । उक्त अभियान तीन जना पुरुष गभर्नरले सुरु गरेका छन् जसले आम मानिसको सोचमा परिवर्तन ल्याउन ठूलो सहयोग हुने छ ।

जापानको दक्षिण पश्चिम प्रान्तका तीन पुरुष गभर्नरहरु गर्भवती भएर घुमिरहेका छन् । ती तीन पुरुषहरुले ७ किलोको ज्याकेट लगाएका छन् जसले ठ्याक्कै गर्भवती महिलाको जस्तो ठूलो पेट देखाइदिन्छ ।

पेटमा गर्भ रहेको जस्तो देखाउने उक्त ज्याकेट पहिरिएर ती गभर्नरहरु निर्धक्क घुमिरहेका छन् । साथै उनीहरुले महिलाले गर्ने कामकाज पनि गरिरहेका छन् ।

गर्भवती गभर्नर नामक उक्त जागरुकता अभियानमा सामेल ती गभर्नरहरुले उक्त गह्रौँ ज्याकेट लगाएर भर्यांग उक्लिने, घरायासी प्रयोजनका किराना सामान बजारबाट खरिद गर्ने र बसमा यात्राका दौरान महिला सिट खाली हुन्जेल पर्खिने जस्ता काम पनि गरिरहेका छन् ।

यस अभियानका माध्यमबाट उनीहरु गर्भवती महिलाले गर्भ रहेको बेला घरका कामकाज गर्नमा कति ठूलो कठिनाई बेहोर्नु परिरहेको हुन्छ भन्ने कुराको जागरुकता फैलाउने काम गरिरहेका छन् ।

कुनैपनि लोग्नेले आफ्ना गर्भवती श्रीमतीहरुको विशेष ख्याल तथा हेरचाह गरुन् भन्नका लागि यस्तो जागरुकता अभियान चलाइएको हो ।