स्ववियु चुनाव नगराउन निर्वाचन आयोगले त्रिविलाई लेख्यो पत्र

1090 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Nir-05032017052856-1000x0फाल्गुन २२, –

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा पूर्वनिर्धारितबाहेक कुनै चुनाव नगराउन पत्र लेखेको छ ।

त्रिविको ६० आंगिक क्याम्पसमध्ये २१ वटामा मात्र निर्धारित तालिकाअनुसार चुनाव भएको थियो ।निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू भइसकेकोले पूर्वनिर्धारितबाहेक कुनै चुनाव नगराउन भनेको छ ।

पूर्वनिर्धारित कार्यतालिकाबाहेकका निर्वाचन नगर्न, नगराउन नेपाल सरकारलाई निर्देशन दिने आयोगको निर्णय भएको भन्दै कानुन अधिकृत सन्तोषप्रसाद भण्डारीले आइतबार त्रिभुवन विश्वविद्यालयलाई पत्राचारमार्फत जानकारी गराएका छन् । ‘निर्वाचन आचारसंहिता, २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता, २०७३’ कार्यान्वयनका सम्बन्धमा आयोगबाट फागुन २२ गतेमा ‘विश्वविद्यालय, विद्यालय व्यवस्थापन समिति र नेपाल सरकारको स्वामित्वमा रहेको पेशागत संघ, संगठनहरुको पूर्वनिर्धारित कार्यतालिकाबाहेकका निर्वाचन नगर्न, नगराउन नेपाल सरकारलाई निर्देशन दिने नीतिगत निर्णय भएको हुँदा सोही व्यहोरा जानकारीको लागि निर्णयानुसार अनुरोध छ’ आयोगको पत्रमा उल्लेख छ ।

त्रिभुवन विश्वविद्यालयले यसअघि फागुन १८ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने पूर्वतालिकाअनुसार देशभरिका करिब दुई सय क्याम्पसमा निर्वाचन भएको थियो । विद्यार्थी संगठनहरुको आपसी झगडा, गुटबन्दीले गर्दा त्रिविको ६० आंगिक क्याम्पसमध्ये २१ वटामा मात्र निर्धारित तालिकाअनुसार चुनाव भएको थियो ।

विद्यार्थी संगठनले भने फेरि चुनाव हुनुपर्ने भन्दै आफूअनुकूलको माग राख्दै आएका छन् । निर्वाचन आयोगले आचारसंहिता लागू भएको निर्देशन जारी गरेपछि कुनै पनि क्याम्पसमा स्ववियु चुनावको बाटो रोकिएको छ ।