विश्‍व बजारमा अब स्मार्ट कन्डम !

2128 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

एजेन्सी: विश्‍व बजारमा प्रविधिको प्रयोग र पहुँच चस्मा र घडी हुँदै मोबाइलसम्म पुगिसकेको छ। विश्‍वभरका मानिसहरु स्मार्ट वाच, स्मार्ट ग्लास र स्मार्टफोनको प्रयोगमा व्यस्त भइरहेका छन्। उनीहरु आफ्नो दैनिकी स्मार्टलाई लिएर चलाइरहेका छन्। यही दौडमा अर्को नयाँ नाम थपिएको छ स्मार्ट कन्डम।

विश्‍व बजारमा स्मार्ट कन्डम बिक्रिका लागि रजिस्ट्रेशन प्रक्रिया सुरु भइसकेको छ। स्मार्ट कन्डमलाई बनाउने कम्पनीले विश्‍वव्यापी रुपमा खरिदविक्रीका लागि आम ग्राहकलाई अनुरोध गरेको छ।

कम्पनीले कन्डमसँग सम्बन्धित धेरै गोप्य प्रश्‍नको समेत उत्तर दिने छ जसको बारेमा मानिसले सोच्‍न समेत भ्याएका हुँदैनन्। बेलायतका एक अनलाइन स्टोर ब्रिटिसकन्डम डटकमले यसको विक्री सुरुवात गरेको छ। कमपनीले यसलाई बजारमा ल्याउन सन् २०१६ मै तयारी गरेको थियो।

कम्पनीले स्मार्ट कन्डम प्रयोगको माध्यमबाट ग्राहकलाई सेक्स गर्दाको समय अवधि, पटक र कति बेरसम्मको उपयुक्त नतिजा देखाउन सकिने दाबी गरेको छ। यस्तै कम्पनीले यसलाई नाम स्मार्ट कण्डम दिए पनि परिवार नियोजनको अचूक उपाय भने मानेको छैन।

यस्तै यो स्मार्ट कन्डमलाई पटक पटक प्रयोगमा ल्याउन सकिने दाबी गर्दै कम्पनीले यसमा नानो चिप र सेन्सर राखिने समेत बताएको छ।जसले कण्डमको प्रयोगको तथ्याङको बारेमा जानकारी दिने बीबीसीले उल्‍लेख गरेको छ।

यो कण्डमलाई एक पटक सेक्स गरिसकेपछि यसलाई ब्लूटुथबाट मोबाइल एपको मद्दतले आकडा डाउनलोड गर्न सकिने कम्पनीले जनाएको छ। तथ्याङक डाउनलोड भइसकेपछि यसलाई ग्राहक स्वयमले हटाउन सक्नेछन्। यसपछि यसलाई फेरि प्रयोगमा ल्याउन सकिनेछ।iCon-smart-condom-phone-851858

कम्पनीका अनुसार स्मार्ट कण्डमलाई प्रयोग गर्नुपूर्व चार्ज गर्नुपर्ने हुन्छ जसलाई युएसबीको माध्यमबाट सजिलै गर्न सकिन्छ। यो स्मार्ट कण्डमलाई यौन आनन्द बढाउनको लागि भने नबनाएको कमपनीले जनाएको छ।

यस्‍तै कम्पनीले यसलाई एक घण्टामै चार्ज गर्न सकिने र यसले ७ देखि ८ घण्टासम्‍म प्रयोग ल्याउन सकिने बताएको छ। यसको आँकडा मात्र प्रयोगकर्तासम्म सीमित रहनेछ तर यदि उसले चाहेमा सेयरस गर्ने विकल्प समेत दिइने कम्पनीको भनाई छ। एक वर्षको वारेन्टी रहेको यो कन्डमको मूल्‍य करी ६० पाउण्ड राखिएको छ।

यता, आलोचकहरुले स्मार्ट कण्डमको चर्को विरोध गरेका छन्। उनीहरुले कण्डमले यस्तो कुनै पनि जाँच वा उपयोगिता नरहेकाले यसलाई विश्‍व बजारमा ल्याउनु नै गलत रहेको टिप्पणी गरेका छन्।

-अन्नपूर्णबाट