सरकारी जागिरको अवसर ७६९ खरिदारको पदपूर्ति आवेदन

1251 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

85_9काठमाडौं । सरकारले विभिन्न सेवा समूहका राजपत्र अनंकित द्धितीय श्रेणी (खरिदार) सरहका ७६९ कर्मचारी पदपूर्तिको दरखास्त आह्वान गरेको छ ।  लोकसेवा आयोगले बुधबार सूचना प्रकाशन गरी प्रशासन, न्याय सेवा, सरकारी वकिललगायतमा पदपूर्ति आह्वान गरेको हो । एसएलसी तह वा सो सरह उत्तीर्ण भएकाले दरखास्त फारम भर्न पाउनेछन् । आयोगले क्षेत्रीय र अञ्चल कार्यालयमार्फत दरखास्त आह्वान गरेको हो ।  आवेदन भर्न चाहनेले आउँदो चैत १५ सम्म र दोव्वर दस्तुरमा चैत २२ गतेसम्म दरखास्त दिन सकिने विज्ञापनमा उल्लेख छ । १८ पूरा भई ३५ नकटेको व्यक्तिले दरखास्त फारम भर्न सक्नेछन् । परीक्ष केन्द्र विज्ञापनसँग सम्वन्धित क्षेत्रीय र अञ्चल कार्यालयले तोक्नेछ । दरखास्त दिनका लागि तीन सय दस्तुर लाग्नेछ । थप समावेशी समूहको हकमा एक सय ५० बढी तिर्नुपर्नेछ । अनलाइन फाराम भरी दस्तुर सम्वन्धित विज्ञापन गर्ने कार्यालयमा बुझाउन सकिनेछ । प्रथम पत्रको परीक्षा जेठ १३ गते हुनेछ । प्रथम पत्रमा उत्तीर्ण परीक्षार्थीको द्धितीय पत्र असार ३१ गतेबाट सञ्चालन हुनेछ ।
माग संख्या निम्नानुसार छन् ।