धादिङ सत्यदेबीका साँसद परशुराम तामाङ पर्यटन राज्य मन्त्रीमा नियुक्त

2040 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

parsuram-tamangराष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता एवम व्यवस्थापिका संसदका साँसद परशुराम तामाङ पर्यटन राज्य मन्त्रीमा नियुक्त हुनु भएको छ ।

 धादिङ सत्यदेबीका  सांसद तामाङ नेपाल सरकारको पर्यटन राज्य मन्त्रीमा नियुक्त हुनु भएको हो।मन्त्री परिषद्को विहिबारको बैठकले तामाङलाई मन्त्रीमा नियुक्त गरेको हो  ।

तामाङ राप्रपाका सचेतक पनि हुन् । शाही कालमा  धादिङको जिविस उपसभापति भएर राजनितिमा प्रवेश गरेका तामाङ राप्रपाको धादिङ जिल्ला अध्यक्ष हुंदै केन्द्रिय सदस्य हुनु भएको थियो ।  राप्रपाका प्रभावशाली नेता एवम पुर्व गृह मन्त्री बुद्धिमान तामाङको निकट मानिने परशुराम शालिन एवम अध्ययनशिल नेताका रुपमा चिनिन्छन् ।दुई राप्रपा एकीकरण भएर वनेको एकीकृत राप्रपाको प्रमुख सचेतकमा दिलनाथ गिरी र सचेतकमा परशुराम तामाङ चयन हुनु भएको थियो  । २०७० को संविधान सभा निर्वाचनमा समानुपातिक कोटाबाट संविधान सभा सदस्य निर्वाचित भएका धादिङ सत्यदेवीका तामाङ दुई राप्रपा एकीकरण अघि  राप्रपाको प्रमुख सचेतक थिए ।धादिङको उत्तरी क्षेत्रबाट पञ्चायत कालमा हरिवहादुर थापा र बुद्धिमान तामाङ पटक पटक गरी मन्त्री वनेका थिए भने बहुदल पश्चात बुद्धिमान तामाङ गृह मन्त्री समेत भएका थिए ।