कोलोराडोमा ईमिग्रेसन फोरम सम्पन्न

1817 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नातिबाबु भट्ट
कोलोराडो अमेरीका

कोलोराडोमा सनिबार बिभिन्न संघ संस्थाको आयोजनामा ईमिग्रेसन फोरम सम्पन्न भयो ।
एटर्नि डिल्लीराज भट्टको उपस्थितीमा सम्पन्न कार्यक्रममा स्थानिय संघ सस्थाका प्रतिनिधी, बुद्धी जिवी, कलाकार, पत्रकार, व्यवसाही तथा सर्बसाधारणको उपस्थिती रहेको थियो ।
DSC_0013कार्यक्रमको सुरुमा एटर्नि भट्टले बर्तमान अवस्थामा मग्रेण्टहरुलाई मुख्य आई पर्ने समस्याहरु र त्यसका समाधानका उपायहरु बारे बताएका थिए । उनले राष्ट्रपती डोनाल्ड ट्रंपले ईमिग्रेण्टहरुलाई लक्ष गरेर जारी गरेका कार्यकारी आदेले हामीलाई पर्न सक्ने असरहरुको बारेमा सहभागीहरुलाई जानाकारी गराएका थिए ।
कार्यक्रमको दोश्रो चरणमा सहभागीहरु संगको प्रश्न उत्तरको कार्यक्रम रहेको थियो । यस चरणमा बिशेष गरेर सहभागिहरुले अमेरिकाको बर्तमान परिस्थीतीमा राष्ट्रपती डोनाल्ड ट्रंपको कार्यकारी आदेशबाट आफुहरुलाई पर्नसक्ने समस्या, टिपीएस् बारेमा धेरै प्रश्न गरेका थिए । त्यस्तै गरि उनिहरुले बिभिन्न भिषामा अमेरिका छिरेरहरुको स्टाटस चेन्ज गर्दा अपनाउनु पर्ने तरिकाहरु, ग्रिकार्ड होल्डरहरु नेपालमा ६ महिना भन्दा बढि बस्दा पर्ने समस्या, आºना आफन्तलाई लिएर भिषा आवेदन प्रक्रिया, आवस्यक कागजपत्रका बारेमा डेड दर्जन भन्दा बढिले प्रश्न गरेका थिए ।

सहभागीहरुको जिज्ञासाको समाधानको क्रममा एटर्नि भट्टले डोनाल्ड ट्रंपको हाल सम्मको कार्यकारी आदेश नेपालीहरुलाई मात्र लक्ष गरेर आएको छैन । यो आदेश बिश्व भरिबाट यहां आई बसोबास गरेका ईमिग्रण्ट स्टाटस भएका सबैलाई लक्षित आदेश हो । हाल सम्मको उनको आदेशले अपराधमा संलग्न बाहेक अन्यलाई प्रत्यक्ष असर नपर्ने बताए । तर भोली के हुनसक्छ अहिले यसै भन्न नसकिने अबस्था रहेको भन्दै कसैलाई आºनो स्टाटस परिबर्तन गर्नु छ, आफन्तको लागी भिसाको निवेदन गर्नु छ भने नकुरी चाडै गर्न सल्लाह दिए । त्यस्तै टिपीएसको बारेमा भोली के हुन्छ अहिले केही भन्न नसक्ने अवस्था रहेको बताए ।

कार्यक्रम बु्रमफिल स्थित मिनी ईन्डिया रेष्टुरेन्टमा बिआटी नेपाल डटकमको संयोजनमा तथा नेपाली घर, अन्तराष्ट्रिय साहित्य समाज, एनआरएन कोलोराडो च्याप्टर, हिमालयन लायन्स क्लव लङमन्ट, वल्र्ड फ्रेन्डसिप एण्ड पिस क्याम्पेन, फिल्म आर्टिस एसोशिएसन अफ नर्थ अमेरिका र अमेरिका नेपाल टेलीभिजनको संयूक्त आयोजनामा सम्पन्न भएको हो ।