११ तोपको सलामीसहित गौतमको अन्त्येष्टि

288 पटक पढिएको

प्रकाशित मिति: ३० फाल्गुन २०७३, सोमबार ०६:२२

सम्पादक: Dhading News

कञ्चनपुर- भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागी निधन भएका कञ्चनपुर पुनर्वास–८ का गोविन्द गौतमको राष्ट्रिय सम्मानका साथ आज अन्तिम संस्कार गरिएको छ।

कञ्चनपुरको दोदा नदी किनारमा गौतमको पार्थीव शरीरमा उहाँका ७२ वर्र्षीय पिता खेमलाल गौतमले दागबत्ती दिए। गौतमको अन्त्येष्टि कार्यक्रममा कैलाली र कञ्चनपुरका हजारौँ नागरिकले स्वतःस्फूर्त सहभागिता जनाएका थिए।

यसअघि धनगढीस्थित सेती अञ्चल अस्पतालबाट उनको शवयात्रा निकालिएको थियो। सरकारले सहिद घोषणा गरिसकेको गौतमको सम्मानमा नेपाल प्रहरीले ११ तोपको सलामी दिएको थियो। उहाँको शवयात्रा धनगढी, डोकेबजार, चौराहा, त्रिनगर भन्सार हुँदै दोदा लगिएको थियो । उनको शव गृहनगर पुनर्वासमा श्रद्धाञ्जलिका लागि केहिबेर राखिने भनिएपनि समयअभावका कारण सिधै दोदा नदी किनार लगिएको थियो।

नेपाल–भारत सीमाभन्दा निकै वर आनन्दबजारमा कल्भर्ट राख्ने विषयमा सुरु भएको विवादले उग्ररुप लिँदा एसएसबीले गत बिहीबार गौतमको गोली हानी हत्या गरेका थिए। रासस


३० फाल्गुन २०७३, सोमबार ०६:२२ मा प्रकाशित

Dhading Galaudi mahotsav 2073

समाचार

सबै

पृथ्वीराजमार्गमा भेटिएको बम निष्क्रिय

धादिङ, ५ मंसिर  :धादिङको निर्वाचन क्षेत्र नमबर १ मा पर्ने गजुरी गाउँपालिका वडा नं २ बिहानीपम्प नजिकै पृथ्वीराजमार्गमा मंगलबार दिउँसोे सकेट बम भेटिएको छ । सडकको कुनामा फलामको सकेट दुवै तिर वन्द गरेर.....

धादिङमा चुनाव तयारी यसरी हुंदैछ [फोटोफिचर]

मंसिर ५, २०७४-मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभा चुनावको तयारी पूरा भएको छ । चुनावका लागि.....

सडक दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा कार्यक्रम

सडक दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा आइतबार काठमाडौको माइतीघरमा र्याली , मैनबत्ती प्रज्वलन.....

निर्वाचनका लागि मतदान केन्द्रमा कम्तीमा नौ जना कर्मचारी

काठमाडौं-निर्वाचन आयोगले एक मतदान केन्द्रमा कम्तीमा नौ जना कर्मचारी खटाउने तयारी गरेको छ । आयोगले मतदाता.....

प्रकाश दाहालको पार्थिव शरीरलार्इ अन्तिम बिदाई (हेर्नुहोस् फोटोफिचर)

काठमाडौँ, मंसिर ३ । आकस्मिक हृदयघातका कारण निधन भएका माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा अध्यक्ष पुष्पकमल.....

netrawati 3x2 = 20pcs

dashai-shub-kamana