जिल्ला समन्वय समिति र गाउँपालिकाको कार्य प्रारम्भ

2137 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

17264486_1835230296716704_1306045249617498665_nधादिङ । सरकारले नयाँ संरचनाको कार्यान्वयन गरेसँगै जिल्ला विकास समिति धादिङले पूरानो साइनबोर्ड हटाइ  जिल्ला समन्वय समितिको कार्यालय लेखिएको साइनबोर्ड टाँसेको छ ।  नयाँ संरचना लागु भए सँगै स्थानिय विकास अधिकारी र गाविस सचिवलाई असार मसान्त सम्मको लागि कार्यकारी प्रमूखका रुपमा बसेर सेवाप्रबाह गर्न निर्देशन दिएको छ ।

त्यस्तै धादिङ  जिल्लामा दुइ नगरपालिका र ११ गाँउपालिकामा कर्मचारी नियुक्तीको जेष्ठताका आधारमा नगरपालिका कार्यकारी प्रमूख र गाँउपालिका कार्यकारी प्रमूखहरु जिल्ला समन्वय समितिले तोककोे छ ।
पूरानो संरचानमा १ नगरपालिका र ४६ गाविस धादिङ जिल्लामा हाल नयाँ संरचनामा दुइ नगरपालिका र ११ गाँउ पालिका गरि १३ वटा स्थानिय संरचनामा परीणत भएको छ ।

नयाँ संरचना अनुसार नीलकण्ठ नगरपालिका, धुनिवेसी नगरपालिका,थांक्रे गाउँ पालिका,गल्छी गाउं पालिका, गजुरी गाउं पालिका, वेनिघाट रोराङ गाउँ पालिका,सिद्धलेक गाउँपालिका,ज्वालामुखी गाउँपालिका,त्रिपुरासुन्दरी गाउँ पालिका, गंगाजमुना गाउं पालिका,नेत्रावती गाउँपालिका,खनीयाबास गाउँपालिका, र रुवीभ्याली गाउँपालिका  कार्यकारी प्रमूखको जिम्मेवारि सोमबार देखिनै बाँडफाँड गरिएको छ ।तत्कालिन गाविस कार्यालयबाट प्रवाह हुंदै आएको सेवाहरु सम्वन्धित गाउँपालिका अन्र्तगतको वडा कार्यालयबाट लिन सकिने भएको छ । गाउं पालिकाको कार्यकारी प्रमुख तोकिए संगै गाउं पालिकामा समावेश भएका तत्कालिन गाविसका सचिवहरु अव वडा पालिकाको सचिवमा रहेर काम गर्ने भएका छन ।