त्रिशूली नदीमा सेल्फि खिच्नेलाई पुरस्कार

1033 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

17328109_10210626357807219_54792_n मलेखु -त्रिशूली नदीमा बढ्दै गएको प्रदुषण र नदी अतिक्रमणका कार्यमा कमि ल्याउन जनचेतना जगाउने उद्धेश्यले धादिङमा नयाँ अभियान संचालन गरिने भएको छ । प्रकृती संम्पदा संरक्षण समिति धादिङ र त्रिशूली  बचाउ महाअभियानले युवाहरुलाई त्रिशूली  नदी प्रति आकर्शित गराउनको लागि र आन्तरिक पर्यटनको लागि सहयोग गर्न एउटा नौलोशैलि आपनाएका छन् । त्रिशूली नदीको किनारमा गएर सेल्फि खिच्नेलाई आयोजकहरुले त्रिशूलीको किनारमा रहेको रोयल बिच रिसोर्टमा एक रात बास र त्रिशूली  नदीमा राफ्टिङको ब्यावस्था गरेका छन् ।

सेल्फी प्रतियोगिता गराउनुमा    बिषेशत अहिलेको युवायुवतीहरु सेल्फि खिच्न मनपराउछन् र सोसल मिडियामा पोष्ट गर्छन् । यसबाट त्रिशूली  नदीलाई विश्वमा छरिएर रहेको नेपालीहरुमा पुर्याउन र त्रिशूलीमा राफ्टिङ गर्न प्रेरित गर्ने पनि आयोजकहरुले बताएका छन् । त्रिशूली  बचाउ महाअभियानले लामो समय देखी गैरकानुनी रुपमा बालुवा उत्खनन् नगर्न सबै बालुवा ब्यापारीहरुलाई आग्रह गर्दैआएको छ । जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाउने, मोटरसाईकल र्याली , त्रिशूलीमा राफ्टिङ संगै संगित लगाएत बिभिन्न गतिविधिका कार्यक्रमहरु गर्दैआईरहेको छ । आउदो १८ मार्चको दिन पनि विश्वमै पहिलो पटक आदमघाट बाट मलेखु सम्म कम्तिमा ७ फिटको नेपाली झण्डा सहित पञ्चैबाजा बजाएर राफ्टिङको आयोजना गर्दैरहेको पनि आयोजकको तर्फबाट श्रवण त्रिपाठीले जानकारी दिएका छन् ।

             पछिल्ला केही बर्ष देखि त्रिशूली नदी काठमाण्डौंको वागमती र बिष्णुमती जस्तै प्रदुषिमत बन्दै जान थालेको छ । नेपालमै पहिलो पटक व्यवसायिक रुपमा ¥याफ्टिङ शुरु गरिएको त्रिशूली नदीमा अहिले पर्यटकहरु आउने क्रम निकै घटेको छ । त्रिशूलीको धमिलो पानी देख्नासाथ पर्यटकहरु त्रिशूलीको विकल्प खोज्न थालेको जल पर्यटन व्यवसायीहरु वताउँछन ।