त्रिशूली नदी संरक्षणको माग गर्दै धादिङका प्रजिअलाई स्मरणपत्र

685 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

????????????????????????????????????

धादिङ, २ चैत्र ः चौतर्फी अतिक्रमण र प्रदुषणको चपेटामा पर्दै गएको त्रिशूली नदीको संरक्षण तथा बचाउको माग गर्दै त्रिशूली बचाउ साझा सञ्जालले धादिङका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई स्मरण पत्र बुझाएको छ । यस अघि पटकपटक त्रिशुली नदी दोहोन राक्न माग गर्दै प्रजिअ समक्ष ज्ञापन पत्र बुझाउँदै आएको सञ्जालले विगतका ज्ञापनहरुको स्मरण गर्न भन्दै प्रजिअ ढकालाई बुधवार स्मरण पत्र बुझाएको हो ।
नदी आसपासमा अवैध उत्खनन् बढ्दै गएको, नदी तथा बाताबरण विनाशमा संलग्न सवै खानी बन्द गर्नु पर्ने, सरोकारवालाहरुसहितको टोलीले निरन्तर अनुगमन गर्नु पर्ने, नदी किनारमा फोहोरमैला विर्सजनको अन्त्य गर्नु पर्ने, त्रिशूली नदीलाई पर्यटकीय तथा धार्मिक सम्पदा नदीका रुपमा घोषण गरिनु पर्ने माग स्मरण पत्रमा उल्लेख गरिएको छ ।
यसैगरी अवैध र हेवी मेशिनको रोकी आईईई तथा ईआईए गरी मानवीय श्रम मार्फत नदीजन्य श्रोत संकलन गरिनु पर्ने, नदीवगरमा गरिएको वंगुरपालनलाई उचित व्यवस्थापन गर्नु पर्ने, नदीवगर आसपासका सार्वजनिक जग्गा अतिक्रमण रोक्नु पर्ने, मलेखु क्षेत्रलाई इको पार्कका रुपमा विकास गरी भुगर्भ विज्ञान अध्ययन स्थल बनाइनु पर्ने माग गर्दै सञ्जालका संयोजक उत्तम कंडेलको नेत्तृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारीलाई स्मरण पत्र बुझाएको हो ।
नदी खोलामा हेवी मेशिनको प्रयोग रोक्नु पर्ने, नदी तथा नदीजन्य पदार्थमा स्थानीय जनताको अधिकारको सम्मान र सुरक्षित गरिनु पर्ने, दल र प्रशासनको मिलेमतोमा हुने नदीजन्य भ्रष्टचार अन्त्य गरिनु पर्ने, पर्यावरणीय, जनता र अभियन्ताको सुरक्षा गरिनु पर्ने, नदी धमिलो बनाउनेलाई कारवाही गरिनु पर्ने र निर्वाचन घोषणा भईसकेकाले जनप्रतिनिधिहरुको अधिकार हनन् हुने गरी नदीजन्य पदार्थ उत्खनन्, प्रशोधन लगायतका विषयमा निर्णय नगरियोस लगायतका माग रहेकोछन् ।
ज्ञापन पत्र बुझ्दै प्रजिअ ढकालले स्थानीय स्रोतसाधन स्थानीय जनताको हो, स्थानीय स्वायत्त शासन ऐन र नियमावली अनुसार तत्कालिन जिल्ला विकास समितिले निकासी गर्ने हो । वर्तमान अवस्थामा जिल्ला समन्वय समितिले नै सोही काम गर्ने भएकाले स्थानीय विकास अधिकारीसंग समन्वय गरेर नियमन गर्ने बताए ।