धादिङका ११ वटा गाउँ पालिकाका लागि नयाँ कार्यकारी अधिकृत

2862 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 धादिङ जिल्लाभित्रका  ११ वटा गाउँ पालिकाका लागि नयाँ कार्यकारी अधिकृत खटाईएको छ ।    dhadingसंघीय मामिला तथा स्थानीय मन्त्रालयले दिएको जानकारी  अनुसार रुबीभ्याली गाउँपालिकामा लक्ष्मणप्रसाद भट्टराइ, गल्छी गाउँपालिकामा दिपेन्द्र रेग्मी, खनियाबास गाउँपालिकामा दिपेश विडारी, गंगाजमुना गाउँपालिकामा विकास डंगोललाई नयाँ कार्यकारीको रुपमा खटाईएको छ ।

त्यसैगरी नेत्रावती गाउँपालिकामा दिलमान शाक्य, त्रिपुरासुन्दरी गाउँपालिकामा शैलेन्द्र ढकाल, ज्वालामुखी गाउँपालिकामा बद्रीनाथ लम्साल, गजुरी गाउँपालिकामा देबीलाल सापकोटा, थार्के गाउँपालिकामा युवराज अर्याल, बेनिनघाट रोराङ गाउँपालिकामा हर्षबहादुर थापा र सिद्धलेक गाउँपालिकामा मनचन्द्र धरलालाई नयाँ कार्यकारीको रुपमा खटाईएको संघीय मामिला तथा स्थानीय मन्त्रालयले जनाएको छ ।  भसाविकको बैरेनी गाविस सचिव र गल्छी गाउँ पालिका घोषणा भएपछि कार्यकारी प्रमुखका रुपमा कार्यरत थिए भने धरला गजुरी गाविसको सचिव र गाउंपालिका भएपछि कार्यकारी प्रमुखको रुपमा कार्यरत थिए । भट्टराई र धरला दुवै जना अधिकृत तहका कर्मचारी हुन । थांक्रे गाउँ पालिकाको कार्यकारी प्रमुख अर्याल तत्कालिन जिल्ला विकास समिति धादिङको योजना तथा प्रशासकीय अधिकृतका रुपमा कार्यरत थिए ।

२०७३ फागुन ३० गते  जिल्ला समन्वय समिति धादिङका स्थानीय विकास अधिकारी जिवलाल भुषालले तत्कालका लागि साविकको गाउँ विकास समितिका सचिवहरु मध्येबाट जेष्ठताका आधारमा कार्यकारी अधिकृत तोकेका थिए । जिल्लाको नीलकण्ठ नगरपालिकामा भने पूरानै कार्यकारी अधिकृतबाट कार्यसम्पादन गरिने जनाइएको छ ।